सत्ताको हैन देश र जनताको पक्षमा रेडियो नेपालले काम गर्नुपर्छ : सञ्चारमन्त्री गुरुङ « Khabarhub

सत्ताको हैन देश र जनताको पक्षमा रेडियो नेपालले काम गर्नुपर्छ : सञ्चारमन्त्री गुरुङ


२० चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सत्ताको नभई देश र जनताको पक्षमा रेडियो नेपालले काम गर्नुपर्ने बताएका छन् ।

काठमाडौँमा सार्वजनिक सेवा प्रसारण नेपालअन्तर्गतको रेडियो नेपालको ७५औँ हीरक महोत्सव समारोहलाई सम्बोधन गर्दै सञ्चारमन्त्री गुरुङले ‘पिएसबी मोडल’मा सञ्चालन भएको रेडियो नेपालले सत्ताभन्दा  देश र जनताको पक्षमा काम गर्नुपर्ने बताए ।   

रेडियो नेपालले अब कुनै पनि राजनीतिक नेता तथा पार्टीको गुणगान गाउन आवश्यक नभएको उल्लेख गर्दै उनले सत्यतथ्य र आधिकारिक सूचना सम्प्रेषण गरी आमजनतालाई सुसूचित गर्न निर्देशन दिए । 

सञ्चारमन्त्री गुरुङले मुलुकभित्रको विविधतामा एकता खोजी समावेशी चरित्रको भूमिका निर्वाह गर्दै देशका सबै वर्ग, क्षेत्र र पक्षले अपनत्व गर्ने सञ्चार गृहका रूपमा रेडियो नेपाल स्थापित हुनुपर्नेमा जोड दिए ।  

सार्वजनिक सेवा प्रसारण नेपाल ‘पिएसबी’ का कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले रेडियो नेपालको पहुँच विस्तार कार्य तीव्र बनाउनुका साथै जनताले पाउनुपर्ने सत्यतथ्य सूचनाको हकलाई प्रत्याभूति गर्ने प्रतिबद्धता व्यक्त गरे । 

समयको माग र सूचनाप्रविधिको विकाससँगै रेडियो नेपालको कार्यशैलीमा  परिवर्तन गरेको जानकारी दिँदै कार्यकारी अध्यक्ष डा विष्टले सङ्घीय समावेशी अवधारणालाई आत्मसाथ गरी मुलुकका सबै पक्षको अपनत्व हुनेगरी सेवा प्रवाह गरिरहेको स्पष्ट गरे । 

सो अवसरमा रेडियो नेपालमा २५ वर्ष सेवा गरेका कर्मचारी, उत्कृष्ट कर्मचारी  र गीतसङ्गीत क्षेत्रका उत्कृष्ट स्रष्टाहरूलाई पुरस्कारसहित सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार  ३ : ०६ बजे

गुरुकुलमा यौन अपराध : ‘अपवित्र’भएँ भन्दै नाबालिग रोएपछि बाहिरियो घटना

काठमाडौं- बूढानीलकण्ठ नगरपालिका–५ स्थित अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) मा हुने

सरकारी कार्यालय परिसरबाट कर्मचारी संघ-संगठनका कार्यालय हटाउन सात दिने अल्टिमेटम

काठमाडौं- जिल्ला प्रशासन कार्यालय काठमाडौंले सरकारी तथा सार्वजनिक निकायभित्र सञ्चालनमा

युद्ध अन्त्य नै प्रमुख सर्त : इरान

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकासँगको सम्भावित शान्ति सम्झौतामा लेबनानसहित

मौका नदिई खेलाडी छनोट गरेको भन्दै सर्वोच्चमा रिट

काठमाडौं– एशियाली खेलकुदको पौडी खेलाडी छनौटमा असहमति जनाउँदै खेलाडीहरू सर्वोच्च

बाँके निकुञ्जमा भौतिक पूर्वाधारमा लगानी गर्न आग्रह

नेपालगन्ज– यहाँका पर्यटन व्यवसायीले बाँके राष्ट्रिय निकुञ्जमा भौतिक पूर्वाधार विकासमा