रेलको एसीबाट एकाएक झरना बग्न थालेपछि… (भिडियो सहित) « Khabarhub

रेलको एसीबाट एकाएक झरना बग्न थालेपछि… (भिडियो सहित)


२९ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एसी वातावरण अनुकुलित बनाउन प्रयोग गरिन्छ । एसीले प्रतिकुल मौसमलाई अनुकुल बनाइ सहजता बनाउँछ ।

एसीको महत्वकै कारण कार्यालय, घर, उद्योग सहित सवारी साधनमा समेत प्रयोगमा ल्याइन्छ । गर्मी हुँदा एसीको हावामा बसेर यात्रा गर्नुको मज्जा नै बेग्लै हुन्छ ।

सुविधाको लागि जडान गरीएको एसीबाट पानीको झरना बग्यो भने के होला ? त्यो पनि एउटा रेल भित्र यात्रा गरिरहेका यात्रुको कक्षमा एकाएक रेलको एसीबाट पानीको झरना बग्यो भन्दा जो कोहिलाई पत्यार नलाग्ला । तर भारतको बैग्लोरबाट पटना जाँदै गरेको एक रेल भित्र एसीबाट पानीको झरना बगेर रेलको डिब्बा नै भरिएको थियो ।

सामाजिक सञ्जालमा भाइरल बनेको यस भिडियोलाई रेलका एक यात्रिले शेयर गरेका थिए । ती यात्रीका अनुसार उक्त घटना भारतको बैग्लोरबाट पटना जाने संघमित्रा एक्सप्रेसको एसी–१ कक्ष भित्रको हो ।

जसमा एकाएक एसीबाट पानीको झरना बग्न थालेपछि यात्रुहरुले सास्ती भोगेका थिए । हुनत यसरी रेलको एसी भित्रबाट पानीको झरना बग्नुको कारण मुम्बईमा आएको भारी बर्षा भएको रेल विभागले बताएको छ, तर रेलका यात्रि भने रेल कर्मचारीको लापरबाहिले यस्तो भएको दाबा गरीरहेका छन् ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  ३ : ४५ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार