प्रहरीको स्पष्टीकरण- प्रदर्शनकारी हिंसात्मक रूपमा प्रस्तुत भएपछि गोली चलाउनु पर्‍यो | Khabarhub Khabarhub

प्रहरीको स्पष्टीकरण- प्रदर्शनकारी हिंसात्मक रूपमा प्रस्तुत भएपछि गोली चलाउनु पर्‍यो


२० चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीले शुक्रबार तीनकुनेमा प्रदर्शनकारी हिंसात्मक रूपमा प्रस्तुत भएपछि गोली चलाउनुपरेको जनाएको छ । 

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रहरीले उत्तेजित भिड हिंसात्मक रूपमा प्रस्तुत भएपछि नियन्त्रणमा लिन गोली चलाउनुपरेको जनाएको हो । 

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी दिनेश आचार्यले अराजक भिडलाई नियन्त्रणमा लिन गोली चलाउनुपरेको बताएका हुन् । 

प्रदर्शनकारीहरू विमानस्थलतर्फ अघि बढेपछि शुक्रबार दिउँसो २ बजेर ५४ मिनेटमा प्रहरीले पहिलो गोली प्रहार गरेको उनले बताए । 

तीनकुने घटनामा २ महिला र १८ पुरुष गरी २० जनालाई गोली लागेको उनले जानकारी दिए । आचार्यले आन्दोलनका क्रममा जम्मा ५८ राउन्ड गोली प्रहार भएको, ७४६ राउन्ड अश्रू ग्यास र १९२ पटक ब्ल्यांक फायर भएको उल्लेख गरे । 

प्रवक्ता आचार्यले तीनकुनेमा भेला भएका प्रदर्शनकारीहरू निषेधित क्षेत्र तोड्दै संसद् भवन तर्फ अघि बढ्न खोजेपछि त्यसलाई नियन्त्रणमा लिन प्रहरीले शुक्रबार १२ बजेर ५० मिनेटमा पहिलो अश्रूग्यास प्रहार गरेको बताए ।

त्यसपछि दुर्गा प्रसाईँ नेतृत्वको भीड तीनकुनेबाट जबरजस्ती अघि बढेपछि प्रदर्शनकारी थप उत्तेजित भएको उनले जानकारी दिए । 

प्रहरीले निषेधित क्षेत्रबाट हटाएपछि तीनकुनेको मञ्चबाट दुर्गा प्रसाईँ र रवीन्द्र मिश्रले संसद् भवन, सिंहदरबार र विमानस्थल कब्जा गर्न माइकिङ गर्दै निर्देशन दिएको र प्रदर्शनकारी तोडफोडमा उत्रिएको प्रवक्ता आचार्यले बताए ।

तीनकुनेमा तोडफोड र आगलागी भएको घरमा जान नसकेपछि प्रहरीले पानीको फोहरा प्रहार गरेको र दमकल जान खोज्दा ढुङ्गामुडा समेत भएको प्रहरीले जनाएको छ । 

प्रवक्ता आचार्यले उक्त घटनापछि फरार रहेका दुर्गा प्रसाईँको खोजी कार्य जारी रहेको र हिंसात्मक गतिविधिमा संलग्नको पहिचान गरी नियन्त्रणमा लिइएको जानकारी दिए । 

प्रदर्शनमा प्रहरीले अनावश्यक बल प्रयोग गर्‍यो भन्ने कुरामा कुनै सत्यता नरहेको र भयावह अवस्थालाई नियन्त्रणमा लिन बल प्रयोग गरेको उनको भनाइ छ ।

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार  ६ : ०१ बजे

कोशी बास्केटबलको उपाधि सुनसरीलाई

सुनसरी– धरानमा सम्पन्न कोशी प्रदेश खुल्ला बास्केटबल प्रतियोगिताको उपाधि सुनसरी

प्रदेश अस्पतालका लेखा अधिकृतविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश अस्पताल सुर्खेतका लेखा अधिकृतसमेत

निजामती सेवा विधेयक छिटै अघि बढ्छ : सामान्य प्रशासनमन्त्री

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सङ्घीय निजामती

मस्को पुगे इरानी विदेशमन्त्री अरागची, पुटिनसँग निर्णायक र गम्भीर वार्ता हुने

मस्को- इरानी विदेशमन्त्री अब्बास अरागची रसिया पुगेका छन् । इजरायलले

किएभमा भएको रूसी आक्रमणमा पाँच जनाको मृत्यु : युक्रेन

किएभ– युक्रनी शीर्ष सैन्य कमान्डरले रुसमाथि आक्रमण तीव्र पार्ने वाचा