ताला नभेटेपछि ढोका फुटाएर कार्यकक्षमा पसे प्रमुख प्रशासकीय अधिकृत गुरागाईं « Khabarhub

ताला नभेटेपछि ढोका फुटाएर कार्यकक्षमा पसे प्रमुख प्रशासकीय अधिकृत गुरागाईं


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं करिब ४ महिनापछि कार्यकक्षमा छिरेका छन् ।

मेयर बालेन्द्र साहको सचिवालयले लगाएको ताला कर्मचारीहरूले फुटाइदिएपछि उनी कार्यकक्षमा छिरेका हुन् ।

नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले मेयर बालेन्द्र साहको आदेश नआएसम्म ताला नखोल्ने अडान लिँदै कार्यालयबाट बाहिरिएका थिए । त्यसपछि कर्मचारीहरूले ताला फुटाएर प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई कार्यकक्षमा छिराएका हुन् ।

करिब चार महिनापछि कार्यकक्षमा बसेका उनी केहीबेर बसेर बाहिरिएका छन् । उनलाई जनप्रतिनिधि र कर्मचारीले कार्यालयमा छिराएका थिए ।

काठमाडौं टावरको भवन अनधिकृत रुपमा निर्माण अघि बढाउन अनुमति दिएको आरोप मेयर बालेन्द्र साहले गुरागाईंलाई लगाएका थिए ।

त्यसपछि गुरागाईंको कार्यकक्षमा ताला लगाइएको थियो । गाडीमा समेत बालेन्द्रले ह्वील लक गरिदिएका थिए ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  १२ : ५६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै