बालेनलाई उपप्रमुख डंगोलको चुनौती : कोठामा बसेर होइन, कार्यालयमा आएर समाधान दिनू | Khabarhub Khabarhub

बालेनलाई उपप्रमुख डंगोलको चुनौती : कोठामा बसेर होइन, कार्यालयमा आएर समाधान दिनू


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


768
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं ३ महिना १४ दिनपछि बिहीबार कार्यालय छिरेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईंलाई काठमाडौं महानगरपालिकामै हाजिर गर्ने वातावरण बनाइदिनु भन्दै एक महिनाअघि पत्र पठाएको थियो ।

पत्र पठाएको एक महिनापछि गुरागाईं वडाध्यक्ष र कर्मचारीको जोडबलमा महानगरपालिका छिरेका हुन् ।

उपप्रमुख सुनिता डंगोल, अधिकांश कार्यपालिका सदस्य, वडाध्यक्षहरू र कर्मचारी पनि उनी कार्यालय पुग्दा सँगै थिए

मेयर बालेन साहले उनलाई अवरोध गर्न नगरप्रहरी परिचालन गरेका थिए। तर नगरप्रहरीको अवरोध छिचोल्दै उनलाई कर्मचारीले कार्यालय प्रवेश गराए ।

कार्यालय प्रवेश गरेपछि पनि उनी कार्यकक्षमा प्रवेश गर्न खोजे । तर ताला लगाएकाले सम्भव भए । त्यसपछि कार्यपालिका सदस्यहरूको बैठक बसेर उनलाई कार्यकक्ष छिराइयो । मेयरले लगाएको ताला तोडेर गुरागाईंलाई कार्यकक्षमा छिराइएको हो ।

गुरागाईं कार्यकक्षमा प्रवेश गर्न नपाएपछि बोर्ड बैठक हलमा उपप्रमुख सुनिता डंगोल, वडाध्यक्ष सबैको बैठक बस्यो ।

अनौपचारिक बैठकमा उपप्रमुख डंगोलले मेयर साहको चर्को आलोचना गरिन् । कसैको मनमुटाव होला जनप्रतिनिधि भएकाले नागरिकको सेवामा तल्लिन हुनुपर्ने उनको मत थियो ।

उनले हरेक घटनाक्रमा आफूहरू जानकार रहेको भन्दै मेयर साहलाई कोठामा बसेर निर्देशन नदिन चेतावनी दिइन् ।

‘मन्त्रालयबाट पठाएपछि प्रमुख प्रशासकीय अघिकृत हाजिर गर्न आउनु भएको छ,’ उनले भनिन्, ‘उहाँ हाजिर गर्न आउँदा झडपको अवस्था हुनु राम्रो कुरा होइन । कर्मचारी–कर्मचारीबीच लडाइँ हुनु पनि राम्रो होइन ।’

उनले यस्तो मनमुटाव संस्थाभित्र हुन नहुने भन्दै प्रमुख प्रशासकीय अघिकृत दोषी प्रमाणित भएको अवस्थामा कारबाही गर्न तयार रहेको उल्लेख गरिन् ।

अहिले उनलाई दोषी प्रमाणित गर्न नसकेको उनको भनाइ थियो । ‘त्यसैले उहाँलाई हाजिर गर्ने व्यवस्था गर्नुपर्छ । हजारौँ कर्मचारी र लाखौँ काठमाडौंवासीले दुःख पाएका छन् । क्यान्सरपीडितलाई पनि पैसा दिन सकेका छैनौँ । अझै छानबिन गर्नुपर्ने भए गर्ने हो । तर, यो पीडामा राख्नु हुँदैन’, उनले भनिन् ।

उनले महानगरवासीको हित चाहने हो भने सबै एकजुट हुनुपर्ने बताइन् । ‘यो तमासा हामीले हेर्नुपर्ने ? मेयरको आदेश हो भने मेयर अघि आउनुपर्छ । होइन भने कोठामा बसेर आदेश दिन पाइँदैन’, उनले भनिन्, ‘पहिला आजको विषय समाधान गर्छौँ । त्यसपछि बोर्ड बैठक बस्छौँ । आजका लागि यो समस्या समाधान गर्नुपर्छ ।’

प्रवक्ता नवीन मानन्धरलगायत सबै वडाध्यक्षले पनि मेयर साहको चर्को आलोचना गरेका थिए ।

नगरप्रहरी प्रमुख राजु पाण्डेलाई उपप्रमुख डंगोलले ताला किन लगाएको भनेर प्रश्न गर्दा उनले गोलमटोल जवाफ दिए । उपप्रमुख डंगोलले घेरेपछि पाण्डेले मेयरको मौखिक आदेशमा ताला लगाएको बताएका थिए ।

कार्यकारी अघिकृतल कार्यालय प्रवेश गरेर कार्यकक्षमा पस्न खोजे पनि मेयर साहले उनको कार्यकक्षमा ताल लगाएर चावी आफैँ बोकेर वेपत्ता भएका कारण केहीबेर प्रमुख प्रशासकीय अघिकृत बाहिरै बसेका थिए ।

मेयर बालेन साहले लामो समयदेखि व्यक्तिगत ‘इगो’ का कारण प्रमुख प्रशासकीय अघिकृतलाई कार्यालय प्रवेशमा रोक लगाएर कर्मचारीको नियमित तलबसमेत रोक्का गरिदिएको भन्दै कर्मचारी असन्तुष्ट बनेका थिए ।

गुरागाईं कार्यालय पुग्दा सबैले मेयरविरुद्ध नाराबाजी गर्दै अघि बढाएका थिए । त्यहाँ कर्मचारी र वडाध्यक्षले समेत मेयर साहले समस्या समाधानमा भन्दा स्टन्टमा बढी ध्यान दिँदा समस्या भएको भन्दै विरोध गरेका थिए ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  १ : १४ बजे

दैलेखमा जीप दुर्घटना, १५ जना घाइते

काठमाडौं – दैलेखमा बोलेरो जीप दुर्घटना हुँदा १५ जना घाइते

मदन भण्डारी विचारधारा विद्यार्थी जेनजीले फोरम गठन

काठमाडौँ- जनताको बहुदलीय जनवाद (जबज)लाई लोकतान्त्रिक विचारधारा मान्ने जेनजीहरूले ‘मदन

सुर्खेत प्रहरी हिरासतमा युवकको मृत्यु प्रकरण छानबिन गर्न बनाइयो समिति

सुर्खेत- जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक युवकको मृत्यु

किसान श्रेष्ठले मतदाता नामावली बारा नै सारे

काठमाडौँ– हालै एमाले प्रवेश गर्ने घोषणा गरेका पूर्वमन्त्री किसान श्रेष्ठले

मध्यपश्चिम विश्वविद्यालयमा ल्याब सामग्री खरिदका लागि सामाजिक विकास मन्त्रालयसँग सम्झौता

सुर्खेत- ल्याब सामाग्री खरिदका लागि मध्यपश्चिम विश्वविद्यालय र कर्णाली प्रदेश