पोल्याण्ड जाने लोभमा पर्दा ठगले कुम्ल्याए लाखौं रकम | Khabarhub Khabarhub

पोल्याण्ड जाने लोभमा पर्दा ठगले कुम्ल्याए लाखौं रकम


२२ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा पठाइदिने नाममा ठगले लाखौं रकम सर्वसाधारणबाट कुम्ल्याउँदै आएका छन् । सर्वसाधारणलाई ठगी गर्ने यस्तै गिरोहलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले नियन्त्रणमा लिएको छ ।
आकर्षक तलबको प्रलोभनमा पारी पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा टोखा–१ घर भई बुढानिलकण्ठ–६ बस्ने ३० वर्षीय राजुविक्रम राणा, ३५ वर्षीया रोशनी राणा र टोखा बस्दै आएका कञ्चनपुर वेदकोट–१० घर भएका ३३ वर्षीय भीमबहादुर महर छन् ।

राजु र रोशनीले पोल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख १२ हजार रूपैयाँ असुलेका थिए ।
यस्तै भीमबहादुरले २ जना पीडितबाट २ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएका थिए ।
पीडितहरूको उजुरीको आधारमा प्रहरीले राजु र रोशनीलाई काठमाडौं–६ बौद्धबाट पक्राउ गरेको हो । यस्तै भीमबहादुरलाई काठमाडौं–२६ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  १ : ४७ बजे

पर्वतमा ६५ करोडको कृषिजन्य वस्तुको कारोबार

पर्वत– खाद्यान्न र तरकारीमा आत्मनिर्भर बन्दै गएको पर्वतमा कृषिजन्य वस्तुको

जिप दुर्घटनामा एक जनाको मृत्यु

दार्चुला– मार्मा गाउँपालिका–३ दानीखेतमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

लसुन रोपेर आम्दानी गर्दै पिपलाडीका किसान

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका किसान जनकलाल डगौरा धान काटेपछि

पर्यटक लोभ्याउँदै पुरन्धरा झरना

दाङ– पश्चिम दाङको बबई गाउँपालिका–५ मा अवस्थित पुरन्धरा झरना जिल्लाकै

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

बागमती– पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७ निर्मलबस्तिमा ट्रकको ठक्करबाट आज