प्रचण्डले भने– शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन सोचेजस्तो सजिलो छैन « Khabarhub

प्रचण्डले भने– शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन सोचेजस्तो सजिलो छैन


२९ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगोमा पुर्‍याउन सोचेजस्तो सजिलो नभएको बताएका छन् ।

अध्यक्ष दाहालले द्वन्द्वकालिन मुद्दालाई टुंगोमा पुर्‍याउन सत्य निरुपण तथा मेलमिलाप आयोग गठन प्रक्रियामा नै समस्या देखिएको उल्लेख गर्दै यो समस्या समाधानका लागि खबरदारी गरिरहन तत्कालिन माओवादी विद्रोहका नेता, कार्यकर्ता र सहिद परिवारहरुबीच बलियो एकताको आवश्यकता रहेकोमा जोड दिए ।

सहिद प्रतिष्ठान, नेपालद्वारा आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगोमा पुर्‍याउन प्रधानमन्त्री ओलीले आयोगको संयोजक आफूले भनेको व्यक्तिलाई बनाउने आश्वासन दिएको पनि बताए ।

‘तपाईंले जसलाई भन्नुहुन्छ, त्यसैलाई आयोगको संयोजक बनाउँछु, भनेर प्रधानमन्त्री ओलीले भन्नु भएको छ’ उनले भने ।

यसलाई माओवादी आन्दोलनका सबै नेता, कार्यकर्ताले सडक र सदन दुवै ठाउँबाट खबरदारी नगरे सम्भव नहुने अध्यक्ष दाहालको भनाई थियो ।

अध्यक्ष दाहालले शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगोमा पुग्न नदिन देशी/विदेशी प्रतिक्रियावादीहरु लागि परेको दावी पनि गरे ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  ९ : ०५ बजे

विश्वकपको सेमिफाइनल पुग्ने पहिलो टिम बन्यो इंग्ल्यान्ड

काठमाडौं – इंग्ल्यान्ड आईसीसी टी-२० विश्वकप २०२६ को सेमिफाइनल पुग्ने

निर्वाचन आठ दिन बाँकीः प्रचारप्रसारमा अवरोध गरे के हुन्छ सजाय ?

काठमाडौं – फरक राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा कुनै

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल फागुन १३ गते बुधबार फागुन

आज २०८२ साल फागुन १३ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन १३ गते बुधबार फागुन