राजेश हमालको कमब्याकमा सौगात मल्लको क्लास « Khabarhub

राजेश हमालको कमब्याकमा सौगात मल्लको क्लास


२२ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महानायक राजेश हमाल फिल्म ‘नरसिंहाः अवतार’ बाट ९ वर्षपछि ‘कमब्याक’ को तयारीमा छन् । फिल्म प्रदर्शन मिति जेठ ९ गतेलाई तोकिएको छ ।

उनी आफ्नो फिल्म सोलो रिलिज गर्ने इच्छामा देखिन्छन् । सोही कारण ‘नरसिंहा : अवतार’ को प्रदर्शन मिति चैत २९ बाट जेठमा धकेलिएको छ ।

चैत २९ मा फिल्म ‘कर्मा’ र ‘पिताम्बर’ सँग प्रतिस्पर्धा हुने भएकाले राजेशकै इच्छामा फिल्मको प्रदर्शन मिति हेरफेर भएको बुझिएको छ ।

फिल्मको पोस्टर सार्वजनिक गरी सोमबार नयाँ प्रदर्शन मिति जेठ ९ गते तोकिएको थियो ।

तर राजेशको इच्छाअनुसार फेरि पनि यो फिल्म सोलो प्रदर्शनमा नआउने भएको छ । सौगात मल्ल स्टारर फिल्म ‘जन्ते बाख्रो’ को प्रदर्शन पनि जेठ ९ लाई नै तोकिएको छ ।

‘जन्ते बाख्रो’ निर्माण टिमले बिहीबार फिल्मको गीत ‘घामै राजा’ सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी दिएको हो ।

यो फिल्मको प्रदर्शन मिति पहिला जेठ २३ गतेलाई तोकिएको थियो । सौगातको अर्को फिल्म ‘भाइरल गोर्खे’ जेठ २३ मा प्रदर्शनमा आउने भएकाले आफूहरुले नयाँ मिति खोज्नु परेको ‘जन्ते बाख्रो’ का निर्माता सन्तोष गौतमले बताए ।

‘नरसिंह : अवतार’ मा राजेश र नायिका नीति शाह प्रमुख भूमिकामा छन् । फिल्मका निर्देशक दिवाकर भट्टराई हुन् ।

‘जन्ते बाख्रो’ मा सौगातसहित आशिफ शाह, गरिमा शर्मा केन्द्रीय भूमिकामा रहेका छन् । फिल्मका निर्देशक सिमोस सुनुवार हुन् ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  ५ : ०५ बजे

राजावादीमा निरन्तर फुट : तीन पूर्वअध्यक्षसहितले बहिष्कार गरे राप्रपा केन्द्रीय समिति बैठक

काठमाडौं- धवल शमशेर जबरा नयाँ पार्टी खोल्न गएयता राष्ट्रिय प्रजातन्त्र

ब्राजिललाई स्तब्ध बनाउन सक्ला हाइटीले ?

काठमाडौं– शनिबार हुन लागेका खेलहरूले उत्तर अमेरिकामा जारी विश्वकप अन्तर्त

चलचित्र उद्योगले नेपालको आर्थिक विकासमा थप योगदान पुर्‍याउन सक्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली चलचित्र उद्योगले नेपालको आर्थिक विकासमा

निःशुल्क उपचारको विवरण सार्वजनिक गर्न सबै अस्पताललाई सरकारको निर्देशन

काठमाडौं– सरकारले देशभरका सरकारी, निजी तथा सामुदायिक अस्पतालहरूलाई विपन्न, असहाय

केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड सम्पन्न, उत्कृष्ट शैक्षिक संस्था र व्यक्तित्वलाई सम्मान

काठमाडौं- केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा ‘चौथो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स