राजेश हमालको कमब्याकमा सौगात मल्लको क्लास | Khabarhub Khabarhub

राजेश हमालको कमब्याकमा सौगात मल्लको क्लास


२२ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महानायक राजेश हमाल फिल्म ‘नरसिंहाः अवतार’ बाट ९ वर्षपछि ‘कमब्याक’ को तयारीमा छन् । फिल्म प्रदर्शन मिति जेठ ९ गतेलाई तोकिएको छ ।

उनी आफ्नो फिल्म सोलो रिलिज गर्ने इच्छामा देखिन्छन् । सोही कारण ‘नरसिंहा : अवतार’ को प्रदर्शन मिति चैत २९ बाट जेठमा धकेलिएको छ ।

चैत २९ मा फिल्म ‘कर्मा’ र ‘पिताम्बर’ सँग प्रतिस्पर्धा हुने भएकाले राजेशकै इच्छामा फिल्मको प्रदर्शन मिति हेरफेर भएको बुझिएको छ ।

फिल्मको पोस्टर सार्वजनिक गरी सोमबार नयाँ प्रदर्शन मिति जेठ ९ गते तोकिएको थियो ।

तर राजेशको इच्छाअनुसार फेरि पनि यो फिल्म सोलो प्रदर्शनमा नआउने भएको छ । सौगात मल्ल स्टारर फिल्म ‘जन्ते बाख्रो’ को प्रदर्शन पनि जेठ ९ लाई नै तोकिएको छ ।

‘जन्ते बाख्रो’ निर्माण टिमले बिहीबार फिल्मको गीत ‘घामै राजा’ सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी दिएको हो ।

यो फिल्मको प्रदर्शन मिति पहिला जेठ २३ गतेलाई तोकिएको थियो । सौगातको अर्को फिल्म ‘भाइरल गोर्खे’ जेठ २३ मा प्रदर्शनमा आउने भएकाले आफूहरुले नयाँ मिति खोज्नु परेको ‘जन्ते बाख्रो’ का निर्माता सन्तोष गौतमले बताए ।

‘नरसिंह : अवतार’ मा राजेश र नायिका नीति शाह प्रमुख भूमिकामा छन् । फिल्मका निर्देशक दिवाकर भट्टराई हुन् ।

‘जन्ते बाख्रो’ मा सौगातसहित आशिफ शाह, गरिमा शर्मा केन्द्रीय भूमिकामा रहेका छन् । फिल्मका निर्देशक सिमोस सुनुवार हुन् ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  ५ : ०५ बजे

सुख्खाग्रस्त वीरगञ्जमा ‘अभियान सहारा’ले पठायो १२ सय लिटर पिउने पानी

काठमाडौं- नेकपा एमालेका युवा नेता तथा सामाजिक अभियन्ता प्रकाश पौडेलको

मकवानपुरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु 

मकवानपुर–  पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७ रमनटारस्थित सडकखण्डमा ट्रकले ठक्कर दिँदा

गण्डकी प्रदेशका पूर्वप्रमुख गुरूङको अन्त्येष्टि

भरतपुर– गण्डकी प्रदेशका पूर्वप्रमुख एवं नेपाली कांग्रेसका नेता पृथ्वीमान गुरूङको

‘प्रकाश मानव अधिकार पुरस्कार’ यादवलाई प्रदान गरिने

काठमाडौं– अनौपचारिक सेवा केन्द्र (इन्सेक) ले यस वर्षको ‘प्रकाश मानव