कोशी प्रदेशको पर्यटन योजना बनाउन छलफल « Khabarhub

कोशी प्रदेशको पर्यटन योजना बनाउन छलफल


२२ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनकुटा– आगामी वर्ष २०८२ लाई पर्यटन वर्षका रूपमा मनाउने कोशी प्रदेशको कार्य योजना निर्माणका लागि कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालयले सरोकारवालासँग यहाँ छलफल गरेको छ ।

मन्त्रालयको कोशी प्रदेश पर्यटन वर्ष २०८२ सचिवालयको आयोजनामा पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलसहित मन्त्रालयको टोलीबीच छलफल भएको हो ।

सचिवालयका निर्देशक कृष्ण शाहले कोशी प्रदेशले २०८२ लाई पर्यटन वर्ष मनाउने कार्य योजना बनाउन प्रदेशका सबै जिल्लामा छलफल सुरु गरिएको जानकारी दिए । 

कार्यक्रममा सचिवालयका सहसंयोजक भविनकुमार श्रेष्ठले कार्यपत्र प्रस्तुत गरेका थिए । छलफलमा धनकुटाका पर्यटकीय गन्तव्यलाई सूचीमा समावेश गर्न तथा सबै जिल्लालाई समान रूपमा कार्यक्रम वितरण गर्न सहभागीले सुझाव दिए ।

कार्यक्रममा मन्त्रालयका सचिव विशाल घिमिरेले पर्यटन वर्ष  मनाउन सबै जिल्लाबाट आएका सुझावलाई समेटेर कार्य योजना निर्माण गरिने बताए । 
 

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  ७ : २५ बजे

आजको मौसम : तराईका भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

श्रीलंकाविरुद्ध भारतको लगातार दोस्रो जित : सेफालीको अर्धशतक

काठमाडौं – भारतले महिला टी-२० सिरिजमा श्रीलंकामाथि लगातार दोस्रो जित

जसले एउटै ओभरमा पाँच विकेट लिएर बनाएर दुर्लभ कीर्तिमान !

काठमाडौं – विश्व क्रिकेटमा एउटै ओभरमा पाँच विकेट लिएर एक

तराईमा बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने

काठमाडौं – तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही

निर्वाचन ७१ दिन बाँकीः समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दल

काठमाडौं – प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले