मोदीजी सगरमाथा संवादमा आउन भ्याउनुहुन्न : ओली | Khabarhub Khabarhub

मोदीजी सगरमाथा संवादमा आउन भ्याउनुहुन्न : ओली


२३ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सगरमाथा संवादमा नआउने भएका छन् । थाइल्याण्डबाट स्वदेश फर्किने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री मोदी सगरमाथा संवादमा सहभागी नहुने जानकारी दिएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार आयोजित पत्रकार सम्मेलनमा ओलीले मोदीको यसअघि नै युरोप भ्रमणको कार्यक्रम तय भइसकेकाले सगरमाथा संवादमा सहभागी हुन नसक्ने बताए ।

‘सगरमाथा संवादमा मोदीजी आउन भ्याउनुहुन्न,’ प्रधानमन्त्री ओलीले भने, ‘यसकारण कि उहाँको पहिले नै त्यसैबेला युरोप जाने कार्यक्रम तय भइसकेको रहेछ ।’

उनले भारतीय प्रधानमन्त्री मोदीसँग आफ्नो अत्यन्तै राम्रो र सुमधुर वातावरणमा हार्दिकताका साथ भेटवार्ता भएको पनि बताए ।

‘मोदीजीसँग भेट भयो । श्रीलंकाका प्रधानमन्त्री, भुटानका प्रधनमन्त्री, म्यानमारका प्रधनमन्त्रीसँग पनि भेट भयो,’ ओलीले भने, ‘खास यहाँहरुको चासो भारतका प्रधनमन्त्रीज्यूसँग भेट कस्तो भयो, के भयो भन्ने कुरा, भेट अत्यन्तै राम्रो, सुमधसुर वातावरणमा मित्रता, हार्दिकताका साथ भेट भयो ।’

प्रकाशित मिति : २३ चैत्र २०८१, शनिबार  १ : ३८ बजे

गोलीकाण्डमा तीन भुटानी शरणार्थीको मृत्यु, पतिले पत्नी र छोराको हत्यापछि आत्महत्या गरेको दाबी

टेक्सास– शनिबार बिहान अमेरिकाको टेक्ससस्थित ड्यालसमा भएको गोलीकाण्डमा नेपालमाबाट पुनर्वासमा

इजरायली आक्रमणमा मारिए सहासी पत्रकार अनस अल-शरीफ, अन्य पाँचको पनि हत्या

गाजा- आइतबार राति गाजा सहरमा इजरायली आक्रमणमा ६ जना पत्रकारको

आज २०८२ साल साउन २६ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन २६ गते सोमबार। भाद्र

झापामा करेन्ट लागेर एक युवकको मृत्यु

बनियानी – झापाको हल्दिबारी गाउँपालिकामा करेन्ट लागेर एक युवाको मृत्यु

बारा ट्राफिक प्रहरीद्वारा दुई करोड राजस्व सङ्कलन

बारा – जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढ, बाराले आर्थिक वर्ष