धनगढीमा एमालेले चैत्र २९ गते बृहत् विशेष सभा गर्ने | Khabarhub Khabarhub

धनगढीमा एमालेले चैत्र २९ गते बृहत् विशेष सभा गर्ने


२३ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

धनगढी- नेकपा एमालेले सुदूरपश्चिम प्रदेशस्तरीय बृहत् बिशेष भेला धनगढीमा आयोजना गर्ने भएको छ । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको आयोजनामा यही चैत्र २९ गते प्रदेश स्तरीय बृहत बिशेष गर्न लागेको हो । भेला कैलालीको धनगढीमा आयोजना गरिने पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख भागरथी विष्टले जानकारी दिइन् ।

नेकपा एमाले प्रदेश प्रचार तथा प्रकाशन विभागको बैठकबाट थप तयारीबारे छलफल गरिएको छ । बैठकले विशेष सभाको तयारी तीब्र पार्ने र व्यापक सहभागिता बनाउनेबारे छलफल सहीत कामलाई तीव्रता दिने निर्णय गरेको छ ।

लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास, संविधानको रक्षा र पछिल्लो समयमा देखिएका अराजकताविरुद्ध जनसमर्थन र सकारात्मक सन्देश प्रवाहका लागि सभा आयोजना गर्न लागिएको प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैशीले जानकारी दिए । ‘विशेष सभा शान्ति, सुशासन र विकासका पक्षधरहरुलाई एकीकृत गर्न हो, अराजकता मच्च्याउने भीडका विरुद्ध हो, सकेसम्म सबै लोकतन्त्रवादीलाई सहभागि गराउने गरी तयारी गरिएको हो’ अध्यक्ष जैशीले भने ।

नेकपा एमालेले देशभर सञ्चालन गरिरहेको वडा केन्द्रित टोल अभियानको निरन्तरताका रुपमा धनगढीमा सभा आयोजना गर्न लागिएको पार्टीका प्रदेश सचिव रणबहादुर चन्दले जानकारी दिए । उनले भने , ‘एकातिर हाम्रो टोल केन्द्रित वडा अभियान चलिरहेको छ, त्यसै अभियानलाई थप बल पुर्याउने उदेश्यले यो सभा आयोजना हुँदैछ।’

लोकतान्त्रिक गणतन्त्र र संविधान रक्षाको लागि जनतालाई सचेत बनाउन बृहत कार्यकम आयोजना गर्न जरुरी ठानेर नै गर्न लागिएको एमाले पार्टी केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज लेखराज भट्टले बताए । कार्यक्रममा नौ वटै जिल्लाबाट सहभागी हुने बताइएको छ ।

विशेष गरी नेकपा एमाले निकट २३ वटै जनसंगठनका जिल्लादेखि प्रदेश स्तरका नेता कार्यकर्ता, पार्टी कमिटीका वडा देखि पालिका, निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश कमिटीका नेता कार्यकर्तालाई अनिवार्य गरिएको छ ।

विशेष सभामा एमाले आस्तावान सबै तहका नेता, कार्यकर्ता सहीत गणतन्त्र र परिवर्तन पक्षधर आम जनतालाई सहभागी हुन एमाले केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज लेखराज भट्टले आह्वान समेत गरेका छन् ।

‘परिवर्तनविरोधी गतिविधिविरुद्ध कडा सन्देश दिन सभामा सभा आयोजना गरिएको हो,’ इन्चार्ज भट्टले भने ,जनताको साथमा एमाले छ भन्ने सन्देश पनि सभाले दिने छ । ’ पार्टीले यस सभालाई सुदूरपश्चिममा शक्ति प्रदर्शनसहित जनचेतना अभिवृद्धिका रुपमा लिएको छ ।

पूर्वराजाका नाममा केही परिचालित अराजक तत्वहरुले समाजमा अशान्ति सिर्जना गर्ने खालका गतिविधि गरिरहेका छन् । त्यसविरुद्ध खबरदारी गर्न पनि यो सभा आयोजना गरिएको हो । धनगढीको पार्कमोडमा आयोजना हुने सभालाई एमाले शीर्ष नेताहरुले संवोधन गर्ने कार्यक्रम तय गरिएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०८१, शनिबार  ३ : २६ बजे

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

सुर्खेत– १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा वीरेन्द्रनगर नगरपालिका-६ बस्ने जुम्ला

नेपालगञ्ज कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

नेपालगञ्ज– नेपालगञ्ज कारागारमा क्षमता भन्दा दोब्बर कैदीबन्दी राखिएको छ ।

छार्का भेरोलमा अलपत्र परेका दुई पर्यटकको उद्धार

मुस्ताङ– मुस्ताङ र डोल्पाको सिमाना छार्का भेरोलको हिउँमा फसेका दुई

वीरगञ्ज भन्साार नाका : विद्युतीय सवारीसाधन आयातमा वृद्धि

वीरगञ्ज– चालु आवको तीन महिनामा वीरगञ्ज नाका हुँदै रु ६८

यसरी हुनसक्छ युवा व्यवस्थापन

काठमाडौं– संयुक्त राष्ट्रसङ्घले सन् १९८५ लाई युवा वर्ष घोषणा गरेको