राजा फर्काउन गरिने राप्रपाको आन्दोलनलाई जगमानको समर्थन « Khabarhub

राजा फर्काउन गरिने राप्रपाको आन्दोलनलाई जगमानको समर्थन


२४ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आयोजनामा मंगलबार हुने प्रदर्शन तथा बृहत्त् आमसभालाई समर्थन जनाएको छ ।

समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले आइतबार विज्ञप्ति जारी गर्दै राप्रपाको उक्त प्रदर्शन तथा बृहत्त् आमसभामा राष्ट्रिय झण्डासहित सहभागी हुन कार्यकर्ता र समर्थकलाई नेका छन् ।

‘चैत २६ गते काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न हुने प्रदर्शन तथा बृहत आमसभाप्रति संयुक्त जनआन्दोलन समितिको साथ समर्थन छ,’ डा. गुरुङद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिको आयोजनामा गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनमा हिंसा भड्किँदा दुई जनाको ज्यान गएको थियो ।

जनकमान्डर बनाइरहेका दुर्गा प्रसाईं र राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले भिडलाई उकासेपछि भउको हिंसात्मक प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली २० जनालाई लागेको थियो । प्रदर्शनमा जनकमाण्डर तोकिएका दुर्गा प्रसाईं भिडलाई उत्तेजित पारेदेखि अहिलेसम्म फरार छन् ।

संयुक्त जनआन्दोलन समितिका संयोजक तत्कालीन राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष नवराज सुवेदीलाई सरकारले विशेष निगरानीमा राखेर घरमै थुनेको छ । त्यसपछि उनले डा.गुरुङलाई कार्यवाहक संयोजक तोकेका थिए ।

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  १ : ४३ बजे

जाडो बढेसँगै रुघाखोकीका बिरामी बढे

चितवन– भरतपुर अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये २० प्रतिशत मौसमी

पुटिनको भारत भ्रमणले रणनीतिक साझेदारीलाई नयाँ गति दिने

नयाँदिल्ली– रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको भारत भ्रमणलाई रणनीतिक साझेदारी पुनर्जीवित

योगेशनिकट ताप्लेजुङका दुई एमाले नेतालाई कारबाही, ६ महिनाका लागि निलम्बन

ताप्लेजुङ- नेकपा एमाले यतिबेला ११औँ राष्ट्रिय महाधिवेशनको संघारमा छ ।

झिनो अंकले घट्यो नेप्से, १२५ वटा कम्पनीको बढ्यो मूल्य

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.५३ अंकले घटेको छ

जनकपुरको पहिलो जित, दुवै ओपनरको अर्धशतकले रोकिएन चितवनको हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत सावित