अमेरिकाले दक्षिण सुडानका राहदानीवाहक सबै आप्रवासीको भिसा रद्द गर्ने, नयाँ भिसा पनि नदिने | Khabarhub Khabarhub

अमेरिकाले दक्षिण सुडानका राहदानीवाहक सबै आप्रवासीको भिसा रद्द गर्ने, नयाँ भिसा पनि नदिने


२४ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकाले दक्षिण सुडानको राहदानीवाहक सबै आप्रवासीको भिसा रद्द गर्ने भएको छ । अमेरिकाबाट निष्कासित नागरिकलाई स्वीकार गर्न नमानेको भन्दै अमेरिकाले दक्षिण सुडानको राहदानी लिएर अमेरिकामा बसोबास गर्दै आएका सबै आप्रवासीको भिसा रद्द गर्ने निर्णय गरेको हो ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन् । उनले आइन्दा दक्षिण सुडानको राहदानी भएका कसैलाई पनि अमेरिकी भिसा नदिने समेत स्पष्ट पारेका छन् ।

‘दक्षिण सुडानको अन्तरिम सरकारले समयमै आफ्ना नागरिकलाई स्वीकार गर्न नमानेको’ भन्दै यस्तो निर्णय गरिएको उनले बताएका छन् । अमेरिकाले पछिल्लो समय हजारौँ आप्रवासीलाई देश निकाला गर्दै आएको छ । यसरी देश निकालामा परेका आफ्ना नागरिकलाई दक्षिण सुडानले फिर्ता लिन नमानेको उनको भनाइ छ ।

उनले दक्षिण सुडानको अन्तरिम सरकारलाई अमेरिकाबाट फाइदा नलिन समेत चेतावनी दिएका छन् । अमेरिकासहित अर्को मुलुकले निष्कासन गरेका आफ्ना नागरिकलाई समयमा नै स्वीकार गर्नु हरेक मुलुकको कर्तव्य हुने उनको भनाइ छ ।

गृहयुद्ध चलिरहेको अवस्थामा दक्षिण सुडानका नागरिकलाई अमेरिकाले ‘टेम्प्रोरी प्रोटेक्टेड स्टाटस (टीपीएस)’ कार्यक्रमअन्तर्गत अस्थायी रुपमा बसोबासको अधिकार दिँदै आएको छ । दक्षिण सुडानका नागरिकका लागि यो कार्यक्रम आउँदो मे ३ बाट अन्त्य हुँदैछ ।

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  २ : १९ बजे

भारतविरुद्ध ट्रम्पको थप कडा कदम, भन्सार महसुल ५० प्रतिशत पुर्‍याए

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने सबै

तीव्र विकासका लागि राजनीतिक स्थायित्व अपरिहार्य : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको

भुटानसँग बराबरीमा रोकियो नेपाल

काठमाडौं – एएफसी यू–२० महिला एसियन कप छनोट अन्तर्गत नेपाल

बङ्गलादेशमा सडक दुर्घटनाः एउटै परिवारका ७ जनाको मृत्यु

ढाका – बङ्गलादेशको दक्षिण–पूर्वी नोआखाली जिल्लामा भएको एक भीषण सडक

विद्यालय जान घरबाट निस्किएका तनहुँका तीन किशोरी पोखरामा भेटिए

तनहुँ – तनहुँ भानु नगरपालिका–२ भकुन्थोकबाट बेपत्ता भएका तीन किशोरी