पहाडबाट बसाइँसराइ दर कम गर्न व्यवस्थित सहरी निति बनाउनुपर्छ : भीम आचार्य « Khabarhub

पहाडबाट बसाइँसराइ दर कम गर्न व्यवस्थित सहरी निति बनाउनुपर्छ : भीम आचार्य


२४ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

इटहरी- नेकपा एमालेका स्थायी कमिटी सदस्य भीम आचार्यले कोशी प्रदेशमा बसाइँसराइ दर कम गर्न ब्यवस्थित सहरी निती बनाउनुपर्ने बताका छन् ।

कोशीका पूर्वमुख्यमन्त्री समेत रहेका उनले त्यसका लागि आफू लागिपरेको दाबी गरेका छन् ।

एमाले कोशी प्रदेश कमिटी, सहरी विकास विभागद्वारा इटहरीमा आयोजित ‘कोशी प्रदेशको सहरी विकासका लागि लिनुपर्ने नीति र गर्नुपर्ने कार्यहरूको सन्दर्भमा उपमहानगरीय अवधारणा’ विषयक गोष्ठीमा बोल्दै आचार्यले यस्तो बताएका हुन् ।

उनले ब्यवस्थित सहरका कारण राष्ट्रिय अर्थतन्त्रमा सहयोग पुग्ने (पर्यटन, उद्योग, रोजगार) र व्यवस्थित सहर निर्माण्मा लागि पूर्वाधार र सहरी सेवा सुविधालाई ब्यवस्थित गनुपर्ने बताए ।

त्यसका लागि प्रदेश सरकारले आवश्यक कानुन बनाउँदै नीति तर्जुमा गर्नुपर्न र त्यसका लागि आफू जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए ।

कोशी प्रदेशमा अहिले पहाडी जिल्लाका बस्ती खाली भएर सहरमा बसाइँसराइ तीव्र भएकाले त्यसलाई रोक्ने र बसोबास व्यवस्थित बनाउने योजनासहित भनेर कार्यक्रम गरिएको सहरी विकास विभागका प्रमुख लोकेश निरौलाले बताए ।

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  ५ : ०२ बजे

चितवनविरुद्ध जनकपुरका अनिल शाहको अर्धशतक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको

देश विकासका लागि श्रमदान अपरिहार्य : हर्क साम्पाङ 

धरान – देशको दिगो विकासका लागि श्रमदान अपरिहार्य भएको श्रम

चितवनविरुद्ध जनकपुरका माज सदाकतको अर्धशतक

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको पहिलो

नवलपुरमा धान उत्पादन बढ्यो

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)नवलपुरमा धान उत्पादनमा वृद्धि भएको छ । 

लुम्बिनी र रामग्राममा ‘विश्व शान्ति कार्यक्रम’ आयोजना हुने

काठमाडौं– लुम्बिनी र रामग्राममा तेस्रो संस्करणको ‘विश्व शान्ति कार्यक्रम’ आयोजना