मुख्यमन्त्रीकप राष्ट्रिय भलिबलः कोशीको विजयी सुरुवात « Khabarhub

मुख्यमन्त्रीकप राष्ट्रिय भलिबलः कोशीको विजयी सुरुवात


२४ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

भोजपुर । भोजपुर सदरमुकाममा सुरु मुख्यमन्त्रीकप राष्ट्रिय भलिबल प्रतियोगिताअन्तर्गत भएको पहिलो खेलमा बाग्मती प्रदेशलाई सोझो सेटमा पराजित गर्दै कोशी प्रदेशले विजयी सुरुवात गरेको छ ।

भोजपुर नगरपालिका–७ कोदारस्थित रङ्गशालामा आयोजित खेलमा बाग्मतीलाई लगातार तीन सेटमा हराउँदै एकतर्फी रूपमा कोशीले कब्जा जमाएको थियो । सोमबारको दोस्रो खेल सुदूरपश्चिम र लुम्बिनी प्रदेशका बीच हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको आजै कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्नुभएको थियो । प्रतियोगितामा मधेस र कर्णाली प्रदेशबाहेक कोशी, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका खेलाडीको सहभागिता रहेको छ । प्रतियोगिता यही चैत २८ गतेसम्म सञ्चालन हुनेछ ।

जिल्ला भलिबल सङ्घको आयोजना तथा कोशी प्रदेश सरकारको मुख्य प्रायोजनमा प्रतियोगिता सुरु भएको आयोजक संस्थाका महासचिव सङ्ग्राम किरातीले जानकारी दिनुुभयो । प्रतियोगितामा कोशी प्रदेश भलिबल सङ्घले प्राविधिक सहयोग गरेको छ ।

प्रतियोगितामा प्रथम हुनेले रु तीन लाख, दोस्रोले रु एक लाख ७५ हजार, तेस्रोले रु ८० हजार तथा चौथो हुने टोलीले रु ४० हजार पुरस्कार प्राप्त गर्ने आयोजक जिल्ला भलिबल सङ्घका अध्यक्ष विन्द्रकुमार तामाङले जानकारी दिए । पाँच विधामा विधागत रूपमा उत्कृष्टलाई रु १० हजारका दरले पुरस्कार प्रदान गरिनेछ ।

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  ९ : ३९ बजे

वसन्त ऋतुको हिमाल आरोहणबाट उठ्यो एक अर्ब २६ करोड राजस्व

काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर

अब पोखरा–दुबई नियमित हवाई उडान

काठमाडौँ । अब पाखरा दुबई नियमित हवाई उडान हुने भएको

गृहमन्त्रीमा पुनः सुधन गुरुङलाई ल्याउनु सुशासनको भद्दा मजाक- एमाले

काठमाडौँ । प्रतिपक्ष दल नेकपा एमालेले गृहमन्त्रीमा पुनः सुदन गुरुङलाई

भारतमा नेटवर्किङ कम्पनी खोलेर ठगीधन्दा

काठमाडौँ । नेटवर्किङ कम्पनीमार्फत ठगी गर्ने १२ जनालाई प्रहरीले पक्राउ

अदालतकै लेटरप्याड कीर्ते, एक जना पक्राउ

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतको लेटरप्याड र आधिकारिक दस्तखतसमेत कीर्ते