जुम्ला–रारा अल्ट्रा म्याराथन शुरु « Khabarhub

जुम्ला–रारा अल्ट्रा म्याराथन शुरु


३० भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला- जुम्ला–रारा अल्ट्रा म्याराथन शुरु भएको छ । जुम्लाको चन्दननाथ भैरवनाथ मन्दिरबाट सो दौड शुरु भएको हो ।

कर्णालीमा खेल पर्यटनको विकास गर्न म्याराथन आयोजना गरिएको आयोजक कर्णाली खेलकूद क्लब, जुम्लाका अध्यक्ष सरोज शाहीले जानकारी दिए । म्याराथनमा भोजपुर, बुटवल, पोखरा, गोरखा, काठमाडौँ, भक्तपुर र रुकुमपूर्वका खेलाडी सहभागी छन् ।

त्रिभुवन आर्मी क्लबका साथै भारत, अमेरिका र बेलायतका खेलाडीसमेत म्याराथनमा भाग लिन जुम्ला पुगेका छन् । प्रतियोगितामा सहभागी ६३ खेलाडी मुगुको राराताल किनारसम्म पुग्ने कीर्तिमानी धावक हरिबहादुर रोकायाले जानकारी दिए । म्याराथनले संसारका खेलाडीको ध्यान आकर्षित गर्ने उनको भनाइ छ ।

म्याराथनमा पहिलो, दोस्रो र तेस्रो हुने महिला तथा पुरुष धावकले कास्कीको अन्नपूर्णमा आयोजना हुन लागेको ‘गोल्डेन वल्र्ड ट्रेल सिरिज’मा सहभागी हुनेछन् । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीलाई क्रमशः रु ७५ हजार, रु ५० हजार र रु ३० हजार पुरस्कार प्रदान गरिनेछ । उत्कृष्ट १० स्थान हासिल गर्नेले जनही रु पाँच हजार पुरस्कार प्राप्त गर्नेछन् । म्याराथनमा विश्व साइकलयात्री पुष्कर शाहसमेत सहभागी छन् ।

आइतबार सम्पन्न एक किलोमिटर दौडमा पुरुषतर्फ नारायण रावत प्रथम, लक्ष्मण जिसी द्वितीय र नरेश बुढा तृतीय भए । महिलातर्फ निरु रावत प्रथम, मञ्जिता ऐडी द्धितीय र अस्मी भण्डारी तृतीय भए ।

यस्तै पाँच किलोमिटर दौडमा पुरुषतर्फ नारायणकुमार कुशवाह प्रथम, विकास बुढा द्वितीय तथा कविन्द्र बुढा तृतीय भए । महिलातर्फ हिमाली शाही प्रथम, निशा पाण्डे द्वितीय र यन्जम लामा तृतीय भए ।

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  ६ : १९ बजे

प्रदर्शनको २१ दिनमा पनि ‘लालीबजार’को उच्च अकुपेन्सी

काठमाडौं – नायिका स्वतस्तिमा खड्का शीर्ष भूमिकामा रहेको फिल्म ‘लालीबजार’ले

आशीर्वाद र अश्विनी फिचर्ड गीत ‘नौ डाँडा काटेर’ सार्वजनिक

काठमाडौं – म्युजिकल सर्ट फिल्म ‘तिमी-एक रहस्य’मा समावेश गीत ‘नौ

बागमती प्रदेशले माग्यो २४८ जना विद्यालय नर्स

काठमाडौं– बागमती प्रदेशले २४८ जना विद्यालय नर्सका लागि आवेदन माग

कोलकातामा ठड्याइएको मेस्सीको ७० फिट अग्लो मूर्ति हटाइँदै

कोलकाता- भारतको पश्चिमबंगाल राज्यस्थित कोलकातामा निर्माण गरिएको लियोनेल मेस्सीको ७०

नसर्ने रोग स्क्रिनिङ अभियानअन्तर्गत चार लाख १६ हजार बढिको स्वास्थ्य परीक्षण

काठमाडौं– सरकारले नसर्ने रोग नियन्त्रण, क्यान्सर परीक्षण तथा विशिष्टीकृत स्वास्थ्य