दुर्गेशलाई एक्सन फिल्मको हिरो बन्ने इच्छा ! « Khabarhub

दुर्गेशलाई एक्सन फिल्मको हिरो बन्ने इच्छा !


२५ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दुर्गेश थापाको चर्चित गीत ‘दुश्मन हेरेको हेर्‍यै’ मा एक हरफ छ– ‘आज भोलि दुर्गेशको गीत फिल्मतिर बिक्छ !’

यो गीत भाइरल भएपछि स्टेज कार्यक्रममा दुर्गेशको पुनरागमन भएको छ । नायक पल शाह बलात्कार मुद्दामा मुछिएपछि विवादमा आएका दुर्गेश कलाकारितामा निष्क्रियजस्तै भएका थिए । ‘दुश्मन हेरेको हेर्‍यै’ बाट उनकाे पुनरागमन भएको छ ।

गीतका लाइनमा दुर्गेशले दाबी गरेजस्तै आज-भोलि दुर्गेशको गीत फिल्ममा बिक्न थालेका छन् । उनले चैत २९ बाट प्रदर्शनमा आउने फिल्म ‘कर्मा’ को टाइटल गीतमा स्वर दिएका छन् । अभिनय पनि उनैकाे छ । गीतमा सङ्गीत र शब्द पनि दुर्गेशकै रहेको छ ।

यस गीतमा फिल्मका मुख्य कलाकार विपीन कार्की, मुकुन भुसाल र उपासना सिंह ठकुरीभन्दा दुर्गेश नै हाबी देखिन्छन् ।

फिल्म ‘कर्मा’ काे टिमले न्युरोडको एक हलमा आइतबार आयोजना गरेको उक्त गीतको सार्वजनिक कार्यक्रममा दुर्गेश थापा पनि उपस्थित थिए । बजारमा अत्यधिक माग रहेका दुर्गेशलाई फिल्ममा अभिनय रुचिबारे प्रश्न गरिएको थियो ।

प्रश्नको जवाफमा दुर्गेशले आफूलाई पनि नायक बन्ने इच्छा रहेको बताए । कलाकारिता क्षेत्रको अन्त्य बिन्दू नै फिचर फिल्म भन्ने भाष्य निर्माण भएको यस क्षेत्रमा आफूलाई पनि नायकका रुपमा परिचित बन्ने रुचि रहेको दुर्गेशले बताए ।

उनले भने, ‘मैले भनेजस्तो स्क्रिप्ट पाएँ भने चाहिँ फिल्म अवश्य नै गर्ने छु । जस्तो ट्रेन्डमा फिल्म बन्छन्, त्यस्तैमा प्रस्ताव आए काम गर्छु ।’

यद्यपि आफूलाई एक्सन नायकको रुपमा प्रस्तुत गर्ने इच्छा बढी रहेको उनले सुनाए । उनले अगाडि भने, ‘मलाई चाहिँ एक्सन फिल्म मनपर्छ । मेरा भिडियोहरू दर्शकले मन पराएको देख्दा मलाई एक्सन नै सुहाउँछ जस्तो लाग्छ ।’

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  २ : ०० बजे

सरकारद्वारा मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति स्वीकृत

काठमाडौं– सरकारले मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति स्वीकृत गरेको छ

कांग्रेसको दोस्रो पुस्ता जुर्मुराउँदा एमालेमा हलचल !

काठमाडौं- पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री

उत्सर्जन कटौती सुस्त हुँदा फ्रान्सको जलवायु लक्ष्य संकटमा

एजेन्सी– फ्रान्सले सन् २०२५ मा लगातार दोस्रो वर्ष पनि हरितगृह

यश स्टारर ‘टक्सिक’ टिजरमाथि अश्लील दृश्यको आरोप

काठमाडौं — केजीएफ स्टार यशको बहुप्रतीक्षित फिल्म ‘टक्सिकः ए फेयरिटेल

सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सुशासन कार्यान्वयन गर्न