गभर्नरको ‘बहिर्गमन’ पछि पनि शेयर बजार राताम्य « Khabarhub

गभर्नरको ‘बहिर्गमन’ पछि पनि शेयर बजार राताम्य


२५ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार शेयर बजार राताम्य भएको छ । गत शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आफ्नो ५ वर्षीय कार्यकाल सकाएर घर फर्किएका छन् ।

गभर्नर अधिकारी घर गएपछिको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३३.३३ अंकले घटेको छ । सरकारले गभर्नर नियुक्त गर्ने भन्ने चर्चाबीच सोमबार नेप्से १.२३ प्रतिशतले घटेर २६७० विन्दुमा पुगेको हो ।

आज बजार राताम्य हुँदा ५ अर्ब ६५ करोड ८९ लाख ७३ हजार रुपैयाँ बराबरको १ करोड १४ हजार ८६६ कित्ता शेयर कारोबार भएको छ ।

आज दिनभरमा २३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २२१ वटा कम्पनीको शेयर मूल्य घटेको छ । आज कुनैपनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छैन ।

आज दिनभरमा ३२२ वटा कम्पनी कारोबारमा आउँदा ५५ हजार ७१२ पटक शेयर किनबेच भएको छ ।

आज १३ वटा समूहमध्ये सबै समूह राताम्य भएको छ । आज बसैभन्दा बढी ट्रेडिङ समूह ३.३० प्रतिशतले घटेर ४६३७.९३ विन्दुमा आएको छ । आज सबैभन्दा कम म्युचुअल फण्ड समूह ०.०७ प्रतिशतले घटेर १९.१९ विन्दुमा आएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  ३ : ११ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना