राजावादी दलबारे प्रधानमन्त्रीको टिप्पणी : सपथ खाएपछि संविधान मान्दिनँ भन्न पाइँदैन « Khabarhub

राजावादी दलबारे प्रधानमन्त्रीको टिप्पणी : सपथ खाएपछि संविधान मान्दिनँ भन्न पाइँदैन


२५ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सपथ खाएपछि संविधान मान्दिनँ भन्न नपाइने बताएका छन् ।

फोरियन अफेयर्स मिडियाद्वारा सोमबार आयोजित ‘हिमालयन डायलग’ को पहिलो शृङ्खलाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधानकै व्यवस्थाअन्तर्गत शपथ खाएर संसद्मा आएर संविधान मान्दिनँ भन्नु इमानदारिताको खडेरी हुने बताए ।

सामन्ती शासन व्यवस्थाका कारण नेपाल विकासमा पछाडि परेको र राजनीतिक परिवर्तनपछि जनताका अपेक्षाबीच आफूहरूले विकास र सुशासन यात्रा अगाडि बढाउने प्रयास गरिरहेको बताए ।

“पराजित सामन्तवाद मलाई त आउन मन लागिराख्या छ भन्न छाडेको छैन । मलाई साथ देऊ भनिराखेका छन्”, राजतन्त्रवादीतर्फ लक्षित गर्दै उनले भने । यसबाट सङ्क्रमणकाल अझै लम्बिने देखिएको उनको भनाइ थियो ।

“जता हावा ढल्केको छ, त्यतै बग्ने प्रवृत्ति पनि हुन्छ । जायज माग लिएर आउँदा हामी सुन्छौँ । सडकमा कसैले दुःख पाइरहनु पर्दैन । शिक्षकहरूले सडकमा बसिरहनु पर्दैन । हामी संवादबाट उहाँहरूका मागलाई यथोचित सम्बोधन गर्नेछौँ”, प्रधानमन्त्रीले भने ।

प्रधानमन्त्री ओलीले नेपाल आफ्नो स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितको रक्षा गर्दै अन्तर्राष्ट्रिय सम्बन्धबाट त्यसका केही दायित्वहरू निर्वाह गर्न लागेको बताए । प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय जवाफदेहीतासहितको न्यायोचित राष्ट्रिय हित र विचारलाई छोड्नु नहुने बताए ।

“कुनै छिमेकीसँग बढी मित्रता भन्ने खालको कोल्टिने राजनीति गर्नु हुँदैन । हामी कसैको सामरिक गठबन्धनमा लाग्दैनौँ । हामी शान्तिका पक्षमा छौँ”, उनले भने ।

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  ३ : ३९ बजे

निर्वाचन नजिकिँदै गर्दा आर्थिक चलायमान : दैनिक उपभोग्य वस्तुको माग उच्च

दाङ– प्रतिनिधिसभा सदस्य चुनाव नजिकिँदै गर्दा बजार क्षेत्रमा ट्राफिक व्यवस्थापन

सामाजिक सञ्जालमा भ्रम फैलाउने भिडियो र तस्बिर पोस्ट नगर्न यूएई दूतावासको आनुरोध

काठमाडौं – यूएईको अबुदाबीस्थित नेपाली राजदूतावासले सुरक्षा स्थितिको बारे भ्रम

हिमपातका कारण चार मतदान केन्द्रमा हेलिकप्टरबाट निर्वाचन समाग्री ओसारिँदै

हुम्ला– हुम्लाका चारवटा मतदान केन्द्रमा खटिएका कर्मचारी र मतपत्रलगायतका सामग्री

काठमाडौं-९ मा जसपाको समर्थन कांग्रेसलाई

काठमाडौं – काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ मा जसपा नेपालबाट

नयाँपुस्ताका मतदाता भन्छन् : ‘जनताको समस्या बुझ्ने नेतृत्व आवश्यक’

नवलपरासी– आगामी फागुन २१ गते हुने निर्वाचन नजिकिँदै जाँदा युवा