जनताका असन्तुष्टि भजाएर धमिलो पानीमा माछा मार्ने राजावादीको प्रयत्न अनुचित : उपमहासचिव ज्ञवाली « Khabarhub

जनताका असन्तुष्टि भजाएर धमिलो पानीमा माछा मार्ने राजावादीको प्रयत्न अनुचित : उपमहासचिव ज्ञवाली


२५ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राजावादीले जनताका केही असन्तुष्टि भजाएर धमिलो पानीमा माछा मार्नका लागि गरिरहेको प्रयत्न अनुचित रहेको बताएका छन् ।

गणेशमान सिंह फाउन्डेसनले सोमबार आयोजना गरेको ‘नेपाल–भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरजीले पुर्‍याउनुभएको योगदान’ विषयक अन्तरक्रियामा उनले यस्तो बताएका हुन् ।

‘आज नेपाल जहाँ छ हामीले गर्व गर्ने ठाउँछ भन्ने मलाई लाग्छ । थुप्रै कमीहरू पनि छन् । तर, अहिले जुन ढंगले जनताका असनतुष्टि क्यास गर्न, त्यसलाई भड्काउन कोसिसहरू भइरहेको छ,’ ज्ञवालीले भने, ‘डेमोक्रेसीभन्दा बाहिर पो नेपालको भविश्य छ कि भन्ने ढंगले जुन धमिलो पानीमा माछा मार्ने जुन प्रयत्न भइरहेको छ, त्यो विल्कुल अनुचित छ ।’

उनले प्रजातन्त्रमा आलोचना हुनु स्वाभाविक भएको र आलोचनाको स्थान प्रजातन्त्रले मात्रै दिने पनि जिकिर गरे । ‘अहिले केही प्रश्न पनि उठेका छन् । डेमोक्रेसीको बारेमा आलोचना हुनु स्वाभाविक पनि हो । किन भने डेमोक्रेसीले नै त्यो स्पेस उपलब्ध गराउँछ,’ ज्ञवालीले भने, ‘डेमोक्रेसीमा डेमोक्रेसीको बारेमा पनि आलोचना गर्न पाउँछ । डेमोक्रेसीको पनि विरोध गर्न पाइन्छ । त्यसलाई हामीले स्वाभाविक रुपमै लिनुपर्छ ।’

दुई–दुईपटक खोसिएको प्रजातन्त्रलाई आन्दोलनबाट फेरि प्राप्त गरेर लोकतान्त्रिक गणतन्त्रको तहसम्म स्तरोन्नति गरिएको र अहिले आफूहरू त्यसलाई सुदृढ गर्ने अभियानमा रहेका पनि बताए ।

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  ३ : ४१ बजे

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।