पत्रकार सुरेश रजक जलेको घरमा पसेकी एनी कुँवर पक्राउ | Khabarhub Khabarhub

पत्रकार सुरेश रजक जलेको घरमा पसेकी एनी कुँवर पक्राउ


२५ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत चैत १५ गते काठमाडौंको तीनकुनेस्थित एक घरमा एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको जलेर मृत्यु हुनुअघि पसेर निस्किएकी एनी कुँवर पक्राउ परेकी छन् ।

पत्रकार रजकले भिडियो खिचिरहेको बेला उक्त घरमा छिरेर निस्किएकी कुँवरलाई उपत्यका अपराध अनसन्धान कार्यालयको टोलीले पक्राउ गरेर हिरासतमा लिएको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले पत्रकार रजक जलेको घरमा पसेकी एनीको भूमिका शंकास्पद देखिएकाले हिरासतमा लिइएको बताएका छन् ।

कुँवर तीनकुनेस्थित राजावादीले आगो लगाएको घरमा पत्रकार रजक जल्नुअघि पसेर निस्किएकी थिइन् । उनले बाहिर आएर पनि उक्त आगो लागेको घरबारे विवादित अभिव्यक्ति दिएकी थिइन् ।

एनी पनि एभिन्युजमा काम गरेकी पत्रकार हुन् । जिसीले अरूको घरमा अनुमति नलिई अनधिकृत रुपमा प्रवेश गरेर शंकास्पद गतिविधि गरेको तथ्यका आधारमा उनलाई पक्राउ गरिएको जानकारी दिए । जिसीले उनी उक्त प्रकरणमा निर्दोष हुन सक्ने अवस्था छानबिनबाट देखिएको पनि बताएका छन् ।

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  ३ : ४८ बजे

बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन स् आफ्नै गाउँ फर्किए

खोटाङ – १८ वर्ष पहिले बसाइँ सरेर गएका बराहपोखरी गाउँपालिका–६

कर्णाली रोजगार कार्यक्रमको कार्यविधि २०८१ स्वीकृत

सुर्खेत – मुख्यमन्त्री कर्णाली रोजगार कार्यक्रमको कार्यविधि २०८१ स्वीकृति गरिएको

वैदेशिक रोजगार व्यवसायलाई सम्मानित र मर्यादित बनाउनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वैदेशिक रोजगार व्यवसायलाई

प्रधानमन्त्रीसँग शिक्षक महासङ्घका पदाधिकारीको छलफल

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल शिक्षक महासङ्घका पदाधिकारीले

एमाले हुलबाट निर्देशित हुने पार्टी होइन : ओली

चितवन – प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी