पत्रकार सुरेश रजक जलेको घरमा पसेकी एनी कुँवर पक्राउ « Khabarhub

पत्रकार सुरेश रजक जलेको घरमा पसेकी एनी कुँवर पक्राउ


२५ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत चैत १५ गते काठमाडौंको तीनकुनेस्थित एक घरमा एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको जलेर मृत्यु हुनुअघि पसेर निस्किएकी एनी कुँवर पक्राउ परेकी छन् ।

पत्रकार रजकले भिडियो खिचिरहेको बेला उक्त घरमा छिरेर निस्किएकी कुँवरलाई उपत्यका अपराध अनसन्धान कार्यालयको टोलीले पक्राउ गरेर हिरासतमा लिएको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले पत्रकार रजक जलेको घरमा पसेकी एनीको भूमिका शंकास्पद देखिएकाले हिरासतमा लिइएको बताएका छन् ।

कुँवर तीनकुनेस्थित राजावादीले आगो लगाएको घरमा पत्रकार रजक जल्नुअघि पसेर निस्किएकी थिइन् । उनले बाहिर आएर पनि उक्त आगो लागेको घरबारे विवादित अभिव्यक्ति दिएकी थिइन् ।

एनी पनि एभिन्युजमा काम गरेकी पत्रकार हुन् । जिसीले अरूको घरमा अनुमति नलिई अनधिकृत रुपमा प्रवेश गरेर शंकास्पद गतिविधि गरेको तथ्यका आधारमा उनलाई पक्राउ गरिएको जानकारी दिए । जिसीले उनी उक्त प्रकरणमा निर्दोष हुन सक्ने अवस्था छानबिनबाट देखिएको पनि बताएका छन् ।

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  ३ : ४८ बजे

भोटेकोशी बाढी : पोखरा ल्याइएका १५ शव आफन्तले बुझे

कास्की – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु

रसुवा बाढीका मृतकको डीएनए परीक्षणमा भारतीय फरेन्सिक टोली सक्रिय

काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको पहिचानका

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौं – भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

भोटेकोशी बाढी : आजसम्म २८९ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौं – बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी