पूर्वराजाका पछाडि भारतको हात छजस्तो लाग्दैन : सभापति देउवा « Khabarhub

पूर्वराजाका पछाडि भारतको हात छजस्तो लाग्दैन : सभापति देउवा


२५ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहका पछाडि भारतको हात रहेको भन्ने आशंकाका प्रति आफूलाई कुनै विश्वास नभएको बताएका छन् । 

गणेशमान सिंह फाउन्डेसनले सोमबार आयोजना गरेको एक अन्तरक्रियामा उनले नेपालमा राजसंस्था फर्काउन भारतले चाहना राखेको हल्लाका प्रति आफूलाई विश्वास नभएको जिकिर गरेका हुन् । 

‘नेपाल–भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरजीले पुर्‍याउनुभएको योगदान’ विषयक अन्तरक्रियामा देउवाले पछिल्लो समय चलेको हल्लाबारे भने, ‘कहिलेकाँही यस्ता कुराहरू उठी रहन्छन्, मलाई त विश्वास छैन । नेपालमा अहिले पूर्वराजा चल्मलाउनु भएको छ । भारतको के छ भन्ने हल्ला छ के, हेर्नुस् ।’     

उनले नेपालमा प्रजातन्त्र ल्याउन भारतीय प्रधानमन्त्री चन्द्रशेखरको ठूलो योगदान रहेको बताए । सभापति देउवाले चन्द्रशेखर नेपाल आएर निर्वाह गरेको भूमिकाको चर्चा गरे ।  

‘एउटा कुरो के स्पष्ट छ भने, चन्द्रशेखरजीले नेपालमा प्रजातन्त्र प्राप्तिका लागि धेरै ठूलो सहयोग गर्नुभएको छ । उहाँको धेरै ठूलो योगदान छ,’ उनले भने, ‘चन्द्रशेखरजीले नेपालमा मात्रै होइन, भारतमा पनि ठूलो आवाज उठाउन लाग्नुभयो । चन्द्रशेखरजी आएपछि नेपालमा ठूलो उत्साह भयो । नेपाली सबै जनता लागे ।’

चन्द्रशेखर नेपाल आएर प्रजातन्त्र ल्याउन पुर्‍याएको योगदानले भारतका प्रतिको नकारात्मक धारणा पनि चिरिएको स्मरण गरे ।  

‘भारत नेपालमा कहिले पनि प्रजातन्त्र चाहँदैन भन्ने थियो,’ पूर्वप्रधानमन्त्री देउवाले भने, ‘चन्द्रशेखरजी आएपछि प्रजातन्त्रको खिलाफमा छैन भारत भन्ने भयो ।’

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  ४ : १० बजे

डा. डीआर उपाध्यायको ‘अन्तस्करण’ लोकार्पण

काठमाडौं – नेपाली साहित्य, संगीत तथा बहुआयामिक सिर्जनाका अथक साधक

झापामा सिटी सफारी चोरीमा संलग्न गिरोह पक्राउ

झापा – सिटी सफारी चोरीमा संलग्न एक गिरोहलाई प्रहरीले पक्राउ

रुसमा गरिएको युक्रेनी ड्रोन आक्रमणमा भारतीय श्रमिकको मृत्यु

मस्को – मस्को र वरपरको क्षेत्रमा भएको युक्रेनी ड्रोन आक्रमणमा

करिब २० हजार टन ग्याससहित एक ट्याङ्कर हर्मुज हुँदै गुजरात आइपुग्यो

गुजरात – पश्चिम एसियामा जारी भीषण युद्ध र बढ्दो तनावका

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

झापा – झापाको अर्जुनधारा नगरपालिका–४ दहीझोडास्थित दुर्गापुर–खुदुनाबारी सडकखण्डमा मोटरसाइकल दुर्घटना