पूर्वराजाका पछाडि भारतको हात छजस्तो लाग्दैन : सभापति देउवा « Khabarhub

पूर्वराजाका पछाडि भारतको हात छजस्तो लाग्दैन : सभापति देउवा


२५ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहका पछाडि भारतको हात रहेको भन्ने आशंकाका प्रति आफूलाई कुनै विश्वास नभएको बताएका छन् । 

गणेशमान सिंह फाउन्डेसनले सोमबार आयोजना गरेको एक अन्तरक्रियामा उनले नेपालमा राजसंस्था फर्काउन भारतले चाहना राखेको हल्लाका प्रति आफूलाई विश्वास नभएको जिकिर गरेका हुन् । 

‘नेपाल–भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरजीले पुर्‍याउनुभएको योगदान’ विषयक अन्तरक्रियामा देउवाले पछिल्लो समय चलेको हल्लाबारे भने, ‘कहिलेकाँही यस्ता कुराहरू उठी रहन्छन्, मलाई त विश्वास छैन । नेपालमा अहिले पूर्वराजा चल्मलाउनु भएको छ । भारतको के छ भन्ने हल्ला छ के, हेर्नुस् ।’     

उनले नेपालमा प्रजातन्त्र ल्याउन भारतीय प्रधानमन्त्री चन्द्रशेखरको ठूलो योगदान रहेको बताए । सभापति देउवाले चन्द्रशेखर नेपाल आएर निर्वाह गरेको भूमिकाको चर्चा गरे ।  

‘एउटा कुरो के स्पष्ट छ भने, चन्द्रशेखरजीले नेपालमा प्रजातन्त्र प्राप्तिका लागि धेरै ठूलो सहयोग गर्नुभएको छ । उहाँको धेरै ठूलो योगदान छ,’ उनले भने, ‘चन्द्रशेखरजीले नेपालमा मात्रै होइन, भारतमा पनि ठूलो आवाज उठाउन लाग्नुभयो । चन्द्रशेखरजी आएपछि नेपालमा ठूलो उत्साह भयो । नेपाली सबै जनता लागे ।’

चन्द्रशेखर नेपाल आएर प्रजातन्त्र ल्याउन पुर्‍याएको योगदानले भारतका प्रतिको नकारात्मक धारणा पनि चिरिएको स्मरण गरे ।  

‘भारत नेपालमा कहिले पनि प्रजातन्त्र चाहँदैन भन्ने थियो,’ पूर्वप्रधानमन्त्री देउवाले भने, ‘चन्द्रशेखरजी आएपछि प्रजातन्त्रको खिलाफमा छैन भारत भन्ने भयो ।’

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  ४ : १० बजे

संसद पुनर्स्थापनासम्बन्धी कांग्रेसको पूरक रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं– नेपाली कांग्रेससहित ६८ सांसदको हस्ताक्षरसहित प्रतिनिधिसभा पुनर्स्थापनाका लागि सर्वोच्चमा

फुङलिङमा भालुको आतंक, नियन्त्रणमा लिन खोर निर्माण

ताप्लेजुङ– ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवामा जङ्गली भालुको आतङ्क बढेपछि नियन्त्रणका

काँकरभिट्टाबाट पाँच महिनामा करिब ८ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा– चालु आर्थिक वर्ष (आव) २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

चिसोमा न्यानो पार्ने उपकरणको गलत प्रयोग : अकालमा जान्छ ज्यान

काठमाडौं– अहिले हामी पुस महिनाको सुरुवाती अवस्थामा छौं। देशभर दिनप्रतिदिन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै, महाधिवेशनको कार्यतालिका हेरफेर हुन सक्ने

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।