ज्ञानेन्द्र शाहीलाई अरिंगालले हमला गरेर सखाप पार्न खोजेको लोहनीको आरोप « Khabarhub

ज्ञानेन्द्र शाहीलाई अरिंगालले हमला गरेर सखाप पार्न खोजेको लोहनीको आरोप


३० भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपा(संयुक्त) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले ज्ञानेन्द्र शाहीमाथि भएको आक्रमणको डटेर सामना गर्नुपर्ने जनाएका छन् ।

डा. लोहनीले शाही भ्रष्टाचार विरोधी युवा नेता रहेको उल्लेख गर्दै उनले आयोजना गरेको पत्रकार सम्मेलनमा विद्यार्थीका नाममा नेकपाका अरिंगालले हमला गरेर सखाप पर्ने प्रयास गरेको बताएका छन् ।

सामाजिक सञ्जाल मार्फत डा लोहनीले यो आक्रमण फासिस्ट चरित्रको द्योतक भएको उल्लेख गर्दै यसको डटेर सामना गर्नुपर्ने उल्लेख गरेका छन् ।

‘नेपाली जनता अब अरिंगले धम्किबाट तर्सिने छैनन्’ डा. लोहनीले लेखेका छन् ।

आइतवार दिउँसो ललितपुरमा शाहीले आयोजना गरेको कार्यक्रममा झडप भएपछि उनको सुरक्षाका लागि भन्दै प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  ७ : ३२ बजे

बागमतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

काठमाडौं-  सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले

कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन

महेन्द्रनगर– दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडप

तिला लघुजलविद्युत् आयोजनाका उपकरण अलपत्र

जुम्ला– जिल्लाको तिला गाउँपालिका-२ स्थित तिला लघुजलविद्युत् आयोजनाका करोडौँ मूल्यका

चीनद्वारा नयाँ सञ्चार प्रविधि उपग्रह प्रक्षेपण

बेइजिङ- चीनले शनिबार दक्षिण चीनको हाइनान प्रान्तस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका