हेमन्त शिशिरको 'बन्द कोठाको झ्याल' सार्वजनिक, शेरचनलाई विश्वज्योति काव्य सम्मान  | Khabarhub Khabarhub

हेमन्त शिशिरको ‘बन्द कोठाको झ्याल’ सार्वजनिक, शेरचनलाई विश्वज्योति काव्य सम्मान 


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कवि हेमन्त शिशिरको कवितासङ्ग्रह ‘बन्द कोठाको झ्याल’ सार्वजनिक भएको छ । ४० वर्ष ननाघेका र कुनै पनि कृति प्रकाशित नभएका युवालाई काव्य-क्षेत्रमा प्रोत्साहित गर्ने उद्देश्यले स्थापित ‘विश्व-ज्योति पाण्डुलिपि पुरस्कार’ जितेको उक्त सङ्ग्रह सोमबार सार्वजनिक गरिएको हो । 

ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, प्राध्यापक डा रजनी ढकाल, कविहरू राजेन्द्र सलभ, विश्वविमोहन श्रेष्ठ र उषा शेरचनले कृति सार्वजनिक गरेका हुन् । 

सङ्ग्रह साङ्ग्रिला बुक्सले बजारमा ल्याएको हो । पुस्तकको मूल्य ३०० रुपैयाँ रहेको छ । कैलालीका कवि शिशिर विगत डेढ दशकदेखि कविता लेखनमा सक्रिय छन् । 

यसैगरी ‘एपेक नेपाल’ द्वारा यसै वर्षदेखि अर्पण गर्ने गरी स्थापना भएको ‘विश्व-ज्योति काव्यसमान’ पहिलो पटक वरिष्ठ कवि उषा शेरचनलाई प्रदान गर्ने निर्णय गरिएको छ । विसं. २०१२ सालमा पोखरामा जन्मिएकी कवि उषा शेरचनका कविता, मुक्तक र आख्यानका ६ वटा कृति तथा ५ वटा गीति एल्बम प्रकाशित भइसकेका छन् ।  ‘विश्व-ज्योति काव्यसमान’मा सम्मान पत्रसहित नगद ५१ हजार रुपैयाँ रहेको छ । 

यसैगरी कार्यक्रममा कविहरू राजेन्द्र सलभ, विश्वविमोहन श्रेष्ठ, विधान आचार्य, बाबू त्रिपाठी, उषा शेरचन, लक्ष्मी माली र प्रज्वल अधिकारीका कवितालाई एम आर्टका कलाकारको प्रस्तुति गरेका थिए । जसको निर्देशन वीरेन्द्र हमालले गरेका थिए ।

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  १२ : ५० बजे

‘करेन्ट’ लागेर जङ्गली हात्ती मर्यो

भद्रपुर – यहाँस्थित कमल गाउँपालिका-३ रतुवामाई जङ्गलमा विद्युतप्रवाह चुहावट (करेन्ट)

अफ्रिकाको विकासमा बिल गेट्सको चासो

एजेन्सी- माइक्रोसफ्टका संस्थापक विल गेट्सले अफ्रिकाको स्वास्थ्य र शिक्षा अबको

विदेशबाट फर्केर माछापालनमा व्यस्त कमल

भोजपुर – भोजपुर नगरपालिका-६ भङ्गेरीका कमल तामाङ व्यावसायिक माछापालन गर्दै

कोलोराडो घटना : अभियोग पुष्टि भए ३८४ वर्ष जेल

कोलोराडो – अमेरिकाको कोलोराडोमा भएको आक्रमणका शङ्कास्पद व्यक्तिलाई १६ वटा

सम्माननीय ! सबै रत्नाकर डाकु वाल्मीकि बन्दैनन् !

प्रसिद्ध हिन्दुग्रन्थ रामायणका रचियता महर्षि वाल्मीकि हुन्। नागा प्रजातिमा जन्मिएका