ज्ञानेन्द्र शाहीको आरोप- जडीबुटी कम्पनीमा राजावादीले होइन, माओवादीले आगो लगाए « Khabarhub

ज्ञानेन्द्र शाहीको आरोप- जडीबुटी कम्पनीमा राजावादीले होइन, माओवादीले आगो लगाए


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) ले गत चैत १५ गते कोटेश्वर र जडीबुटी क्षेत्रमा राजवादीले आगो नलगाएको बताएका छन् ।

काठमाडौंको बल्खुमा मंगलबार आयोजित राप्रपाको प्रदर्शनलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

‘चैत १५ गते राजावादीले आगजनी गरेका होइनन्’, उनले भने, ‘त्यसदिन राजावादीबीचमा घुसपैठ गरेर आगजनी गरिएको हो । जडीबुटी कम्पनीमा आगो लगाउने त माओवादी कार्यकर्ता रहेको पुष्टि भइसकेको छ । ’

उनले अहिलेका गणतान्त्रिक दलहरू एकपछि अर्को काण्डमा परेको बताउँदै उनीहरूलाई एक दिन जेल हाल्ने बताए । प्रदर्शन गरेकै आधारमा आफ्ना नेतालाई थुनिएको बताउँदै शाहीले यो व्यवस्था पल्टाएर छाड्ने जिकिर गरे।

उनले यो देश राजसंस्था र जनताले आर्जिएको बताउँदै गणतन्त्रवादीहरूले धेरै फुर्ति लगाउन नहुने बताए । शाहीले गणतन्त्र आएपछि सबै उद्योग धन्दा बेचेर खाएको पनि आरोप लगाएका छन् ।

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  १ : ५३ बजे

चितवनविरुद्ध जनकपुरका अनिल शाहको अर्धशतक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको

देश विकासका लागि श्रमदान अपरिहार्य : हर्क साम्पाङ 

धरान – देशको दिगो विकासका लागि श्रमदान अपरिहार्य भएको श्रम

चितवनविरुद्ध जनकपुरका माज सदाकतको अर्धशतक

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको पहिलो

नवलपुरमा धान उत्पादन बढ्यो

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)नवलपुरमा धान उत्पादनमा वृद्धि भएको छ । 

लुम्बिनी र रामग्राममा ‘विश्व शान्ति कार्यक्रम’ आयोजना हुने

काठमाडौं– लुम्बिनी र रामग्राममा तेस्रो संस्करणको ‘विश्व शान्ति कार्यक्रम’ आयोजना