दिनभर घटेको शेयर बजार अन्तिममा बढ्यो, कारोबार कति ?  | Khabarhub Khabarhub

दिनभर घटेको शेयर बजार अन्तिममा बढ्यो, कारोबार कति ? 


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दिनभर घटेको थियो । तर बजार बन्द हुँदा भने शेयर बजार बढेर बन्द भएको छ । 

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफ्नो कार्यकाल सकाएर बिदा भएपछि अर्को गभर्नर को आउन टुंगो नलागेका कारण बजार घटेको अनुमानका बीच आज भने बजार झिनो अंकाले बढेको छ । 

आज नेप्से १.७३ प्रतिशतले बढेर २६७१.८० विन्दुमा परिसूचक पुगेको छ । आज बजार झिनो अंकले बढ्दा ५ अर्ब ३० करोड ९५ लाख ६९ हजार रुपैयाँ बरबरको १ करोड ६ लाख ४३ हजार ४६९ कित्ता शेयर कारोबार भएको छ । 

आज दिनभरमा १२१ वटा कम्पनीको शेयर मूल्य बढको छ भने १२३ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनै पनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छैन । 

आज दिनभरमा ३२१ वटा कम्पनी कारोबारमा आउँदा ५३ हजार ४९२ पटक शेयर किनबेच भएको छ ।

आज १३ वटा समूहमध्ये ६ वटा समूह बढेको छ भने बाँकी ७ वटा समूह घटेको छ । आज सबैभन्दा बढी उत्पादन तथा प्रशोधन समूह १.८३ प्रतिशतले बढेर ७ हजार ५९.५७ विन्दुमा पुगेको छ भने सबैभन्दा कम वाणिज्य बैंक समूह ०.०२ प्रतिशतले बढेर १३६४.३३ विन्दुमा पुगेको छ ।

त्यस्तै, फाइनान्स ०.९२ प्रतिशतले, लघुवित्त ०.१६ प्रतिशतले, निर्जीवन बीमा ०.७१ प्रतिशतले र ट्रेडिङ समूह ०.९१ प्रतिशतले बढेको छ ।

आज सबैभन्दा बढी अन्य समूह ०.६१ प्रतिशतले घटेर २ हजार ४४६.३२ विन्दुमा पुगेको छ भने सबैभन्दा कम म्युचुअल फण्ड समूह ०.०७ प्रतिशतले घटेर १९.१६ विन्दुमा पुगेको छ ।

साथै, विकास बैंक ०.३५ प्रतिशतले, होटल तथा पर्यटन ०.५४ प्रतिशतले, होइड्रोपावर ०.२२ प्रतिशतले, लगानी ०.२८ प्रतिशतले र जीवन बीमा समूह ०.०८ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  ३ : ११ बजे

शिक्षक र प्रधानमन्त्रीबीच कुरो मिलेन, आज पनि आन्दोलन जारी रहने

काठमाडौं– नेपाल शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलनलाई आज पनि जारी

रुस-युक्रेन युद्ध : अमेरिका आफ्नै बाटोमा लाग्ने ट्रम्पको भनाइ

वाशिंटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेन मध्य

किन नुहाउने ?

काठमाडौं- नुहाउनु स्वास्थ्यका लागी फाइदाजनक हो भन्ने कुरा हामी सबैले

भारतमा एक वर्षमा २२ अर्ब डलर बराबरको आइफोन ‘एसेम्बल’

काठमाडौं– पछिल्लो १२ महिनामा भारतमा २२ अर्ब डलर बराबरको आइफोन

स्मार्ट ट्वाइलेट बजारमा, हातको प्रयोग गर्नै नपर्ने

काठमाडौं- प्रविधिको क्षेत्रमा हरेक दिन नयाँ नयाँ भइरहेका छन् ।