राजेन्द्र लिङ्देनको आरोप- तीनकुनेबाट प्रसाईंलाई भगाएको प्रहरीले मञ्चमा अश्रुग्यास र गोली हान्यो « Khabarhub

राजेन्द्र लिङ्देनको आरोप- तीनकुनेबाट प्रसाईंलाई भगाएको प्रहरीले मञ्चमा अश्रुग्यास र गोली हान्यो


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


990
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गत चैत १५ गते भएको राजावादीको प्रदर्शनका क्रममा नेतृत्व गरेकामध्ये एक दुर्गा प्रसाईंलाई प्रहरीले नै भगाएको आरोप लगाएका छन् ।

बल्खुमा मंगलबार आयोजित राप्रपाको प्रदर्शन र आमसभालाई सम्बोधनका क्रममा प्रसाईं भगाउनमा सरकारकै हात रहेको लिङ्देनले बताएका हुन् ।

‘चैत १५ गते तीनकुनेमा प्रहरीलाई किच्ने गरी गाडी चलाउँदै आएका प्रसाईंलाई किन तत्काल पक्राउ गरिएन ? प्रहरीको ब्यारिकेड तोड्दै अघि बढेका उनलाई सरकारले नै त्यहाँबाट भगायो’, उनले भने, ‘प्रसाईंलाई नियन्त्रणमा नलिई भगाएका प्रहरीले त्यही बेला कार्यक्रम भइरहेको मञ्चमा भने अश्रुग्यास र गोली हान्ने काम गरे ।’

लिङ्देन तीनकुने घटनाका क्रममा आफूहरूका केही नेतालाई थुनिएको बताउँदै राप्रपा त्यसबाट बिचलित नभएको बताए । ‘हाम्रा नेतालाई जेलमा हालिरहने हो भने प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई भन्न चाहन्छु, तपाईंहरू पनि गतिलो जेल बनाउँदै गर्नुहोला, त्यसमा बस्ने दिन आउनेछ ।’

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  ३ : ३१ बजे

चितवनविरुद्ध जनकपुरका अनिल शाहको अर्धशतक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको

देश विकासका लागि श्रमदान अपरिहार्य : हर्क साम्पाङ 

धरान – देशको दिगो विकासका लागि श्रमदान अपरिहार्य भएको श्रम

चितवनविरुद्ध जनकपुरका माज सदाकतको अर्धशतक

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको पहिलो

नवलपुरमा धान उत्पादन बढ्यो

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)नवलपुरमा धान उत्पादनमा वृद्धि भएको छ । 

लुम्बिनी र रामग्राममा ‘विश्व शान्ति कार्यक्रम’ आयोजना हुने

काठमाडौं– लुम्बिनी र रामग्राममा तेस्रो संस्करणको ‘विश्व शान्ति कार्यक्रम’ आयोजना