फिल्म ‘वसन्त’मा स:प्राइज – राजेश हमाल, करिश्मा मानन्धरदेखि निश्चलसम्म « Khabarhub

फिल्म ‘वसन्त’मा स:प्राइज – राजेश हमाल, करिश्मा मानन्धरदेखि निश्चलसम्म


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रकाश सपुतको डेब्यू लेखन र निर्देशन रहेको फिल्म ‘वसन्त’ चैत २२ देखि प्रदर्शनरत छ । यो फिल्मले अपेक्षितरुपमा दर्शकबाट साथ पाएको छैन ।

यद्यपि यो फिल्मले सुरुवाती तीन दिनमा एक करोडभन्दा बढी ग्रस कलेक्सन गरेको पाइएको छ । उच्च शो पाएका कारण कम अकुपेन्सीमा पनि यो फिल्मले यति व्यापार गरेको हो ।

फ्लपको खतरामा रहेको यो फिल्म हेर्न दर्शकका लागि केही स:प्राइज छन् । त्यो स:प्राइज गेस्टअपियरेन्स हो ।

फिल्ममा महानायक राजेश हमाल, नायिका करिश्मा मानन्धर, दिलिप रायमाझी, निर्देशक निश्चल बस्नेत, नायिकाहरू प्रियंका कार्की, केकी अधिकारी, सुरक्षा पन्त, नायक नाजिर हुुसेनको गेस्ट अपियरेन्स छ ।

फिल्ममा लोकदोहोरी गायिका शान्तिश्री परियार, मोडल अञ्जली अधिकारीले समेत गेस्ट अपियरेन्स दिएका छन् ।

‘वसन्त’ मा यति धेरै चर्चित कलाकारहरूको अभिनय रहेकाे फिल्मका नायकसमेत रहेका प्रकाश सपुतले यसबारे प्रदर्शनअघि कुनै पनि जानकारी दिएका थिएनन् ।

फिल्ममा प्रकाशसहित नायिका स्वस्तिमा खड्का, खड्गबहादुर पुन, प्रभातपाल ठकुरी, श्रीशिभान्सी, अनुप बराल, प्रकाश घिमिरेलगायतको अभिनय रहेको छ ।

फिल्मका निर्माताहरू मोहन विश्वकर्मा र बिन्दु बोहोरा हुन् ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  ३ : ०० बजे

हेटौँडाका ६० जना अनौपचारिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध

बागमती– हेटौँडा उपमहानगरपालिकाले अनौपचारिक क्षेत्रमा कार्यरत ६० जना श्रमिकलाई सामाजिक

राजावादीमा निरन्तर फुट : तीन पूर्वअध्यक्षसहितले बहिष्कार गरे राप्रपा केन्द्रीय समिति बैठक

काठमाडौं- धवल शमशेर जबरा नयाँ पार्टी खोल्न गएयता राष्ट्रिय प्रजातन्त्र

ब्राजिललाई स्तब्ध बनाउन सक्ला हाइटीले ?

काठमाडौं– शनिबार हुन लागेका खेलहरूले उत्तर अमेरिकामा जारी विश्वकप अन्तर्त

चलचित्र उद्योगले नेपालको आर्थिक विकासमा थप योगदान पुर्‍याउन सक्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली चलचित्र उद्योगले नेपालको आर्थिक विकासमा

निःशुल्क उपचारको विवरण सार्वजनिक गर्न सबै अस्पताललाई सरकारको निर्देशन

काठमाडौं– सरकारले देशभरका सरकारी, निजी तथा सामुदायिक अस्पतालहरूलाई विपन्न, असहाय