हत्केलाले सूर्य छेक्ने दुस्साहस केहीले गरेका छन्, त्यसको प्रतिवाद गर्नुपर्छ– प्रचण्ड « Khabarhub

हत्केलाले सूर्य छेक्ने दुस्साहस केहीले गरेका छन्, त्यसको प्रतिवाद गर्नुपर्छ– प्रचण्ड


३० भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लामो संघर्षबाट प्राप्त उपलव्धिलाई कलिलो मै मार्न वा निमोठ्न केही तत्व सक्रिय भएको आरोप लगाएका छन् ।

पूर्व माओवादी नेता पोष्टबहादुर बोगटीको स्मृतिमा सोमबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले विरोधीहरु उपलव्धिलाई समाप्त पार्न लागेकाले परिवर्तनको रक्षा र सुदृढ गर्ने संकल्प आवश्यक भएको बताए । त्यसका लागि सबैले आफ्नो स्थानबाट भूमिका खेल्न जरुरी रहेको प्रचण्डको भनाइ थियो ।

‘यो परिवर्तन सात दशक लामो संघर्षबाट प्राप्त भएको छ यो भरखरको बच्चा वा कलिलो जस्तो छ । यसका विरोधीले कलिलो मै यसलाई मार्न र निमोठ्न सकिन्छ कि भनेर लागेका छन्’ प्रचण्डले भने ।

उनले युवा विद्यार्थीले त्यस्ता शक्तिको दुस्साहसको प्रतिवाद गर्नुपर्ने बताए ।

‘युवा विद्यार्थीहरुले केही त्यस्ता अराजक तत्व जसले जनतामा भ्रम सिर्जना गर्न खोजेका छन्, हत्केलाले सूर्य छेक्न खोज्या जस्तो दुस्साहस गरेका छन्,’ प्रचण्डले भने,‘यस्ता तत्वहरुसँग सतर्क रहन र त्यसको प्रतिवाद गर्न विशेष अपिल गर्छु ।’

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  १० : १४ बजे

माधव नेपालविरुद्धको मुद्दामा सबै कागजपत्र झिकाउने आदेश

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका नेता माधवकुमार नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा विशेष

पाकिस्तानका ८० प्रतिशत जनसङ्ख्या शुद्ध पिउने पानीको पहुँचबाट टाढा : एडीबी

काठमाडौं- पाकिस्तानका ८० प्रतिशत जनसङ्ख्या शुद्ध पिउने पानीको पहुँचबाट टाढा

विवाईडी डल्फिनको विश्वव्यापी बिक्री १० लाख नाघ्यो

काठमाडौं– ईभी निर्माता चिनियाँ कम्पनी विवाईडीले उत्पादन गरेको विद्युतीय सवारी

पछिल्लो २४ घण्टामा आगलागीका २२ घटना, दुईको मृत्यु

काठमाडौं– पछिल्ला २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको