अमेरिकासँग वार्ता गर्न इरान तयार « Khabarhub

अमेरिकासँग वार्ता गर्न इरान तयार


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इरानले आफ्नो आणविक कार्यक्रमको विषयमा अमेरिकासँग वार्ता गर्न तयार भएको बताएको छ।

इरानका विदेशमन्त्री अब्बबास अराग्चीले अमेरिकाले सबै सैन्य विकल्प बन्द गर्ने कुरामा विश्वस्त तुल्याएपछि आणविक निःशस्त्रीकरणको विषयमा छलफल हुनसक्ने बताएका हुन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार आश्चर्यजनक रूपमा इरानसँग प्रत्यक्ष वार्ता गर्न तयार रहेको बताएपछि इरानको यो प्रतिक्रिया आएको हो। उनले ओमानमा शनिबार हुने भनिएको वार्ता अप्रत्यक्ष हुने कुरामा जोड दिएका छन्।

सन् २०१५ मा अमेरिका र इरानबीच सुरु भएको वार्ताको शिलशिला ट्रम्पको पहिलो कार्यकालमा नै बन्द भएको थियो। दोस्रो कार्यकालमा भने इरानसँगको वार्ता असफल भए यो सही नहुने ट्रम्पले बताएका छन्।

गत महिना ट्रम्पले नै संयुक्त अरब इमिरेटेस मार्फत् इरानलाई आणविक हतियारतर्फ उन्मुख नहुनका लागि पत्र लेखेका थिए। उनले अमेरिका र इजरायलबाट हुनसक्ने हवाई आक्रमणबाट बच्नका लागि सुरक्षित रहनका लागि सहयोगी हुने पनि सन्देश पठाएका थिए।

सोमबार इजरायली प्रधानमन्त्री बैन्जामिन नेतान्याहुसँगको भेटवार्तामा दुवै देशका नेता इरानका सामु वार्ताको प्रस्ताव राख्न तयार भएका थिए। वार्ता सहमतिमा नपुगेमा सैन्य विकल्पको खोजीमा दुवै देश रहेको जनाइएको छ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  ८ : १६ बजे

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

झापा – झापाको अर्जुनधारा नगरपालिका–४ दहीझोडास्थित दुर्गापुर–खुदुनाबारी सडकखण्डमा मोटरसाइकल दुर्घटना

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

कांग्रेस लेखा समितिमा तीन सदस्य मनोनीत

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले केन्द्रीय लेखा समितिमा

कामिरिता शेर्पा ३२औँ पटक सगरमाथा चुचुरोमा

काठमाडौं – विश्वविख्यात हिमाल आरोही कामिरिता शेर्पाले ३२औँ पटक सगरमाथाको

कांग्रेसलाई संविधान संशोधनबारे जेनजीले के दिए सुझाव ?

काठमाडौं – नेपाली कांग्रेसले संविधान सांसोधनका विषयमा विज्ञ तथा जेनजीहरुसंग