राप्रपाको सभामा उपस्थित थिएनौँ : राप्रपा नेपाल  | Khabarhub Khabarhub

राप्रपाको सभामा उपस्थित थिएनौँ : राप्रपा नेपाल 


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


999
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले मङ्गलबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बल्खुमा गरेको प्रदर्शन र खबरदारी सभामा पार्टीको उपस्थिति नरहेको जनाएको छ ।

राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले उक्त सभामा राष्ट्रिय झण्डा नभएर पार्टीको झण्डा बोक्न भनिएपछि आफ्नो पार्टीबाट कोही पनि नेता–कार्यकर्ता सहभागी नभएको स्पष्ट पारेका हुन् । 

उनले राप्रपाको प्रदर्शनमा आफ्नो पार्टीको नैतिक समर्थन भने रहेको बताए । ‘उहाँहरूको पार्टीको कार्यक्रम भएकाले पार्टीको झण्डा प्रयोग गर्नुभएको थियो । राष्ट्रिय झण्डा प्रयोग गरेको भए हामी जाने थियौँ ।’ बर्तौलाले खबरहबसँग भने, ‘हामीलाई निम्तो पनि थिएन तर नैतिक समर्थन भने हामीले गरेका हौँ।’

पछिल्लो समय सडकमा राजतन्त्र फर्काउने आन्दोलन चर्किए पनि राजतन्त्र पक्षधर दल र संस्था एकजुट भने हुन सकेका छैनन् ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  ९ : ३२ बजे

चिनियाँ गाउँमा विकासको लहर देखेर शिक्षामन्त्री पन्त दंग

काठमाडौं- कुनैबेला चीनको एउटा गाउँको भ्रमण गरेका शिक्षा, विज्ञान तथा

२७ अंकले घट्यो नेप्से, कारोबार कति ?

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.९० अंकले घटेको छ

कोशी प्रदेशसभा : विधेयकमा सैद्धान्तिक छलफल सुरु

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकमा ‘कोशी प्रदेशमा सरकारी कामकाजको भाषा

भदौको पहिलो साता ‘हिन्दु कुश हिमालय संसदीय सम्मेलन’ आयोजना गर्ने

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले भदौको

विद्यमान समस्या समाधान गर्ने जिम्मेवारी युवा पुस्ताको हो : मन्त्री गुरुङ

पाटन– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले युवा पुस्ता भविष्यको