नारायणीमा डुबेका दुवै जनाको शव सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो   « Khabarhub

नारायणीमा डुबेका दुवै जनाको शव सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो  


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वी नवलपरासी जिल्लाको गैँडाकोट नगरपालिका–१ स्थित नारायणी नदीमा बेपत्ता भएका दुवै जनाको शव चैत्र २७ गते सशस्त्र प्रहरीको गोताखोरले निकालेको छ । 

सोही ठाउँ बस्ने १३ वर्षिया दिक्षा सेर्पुञ्जा र ९ वर्षिय स्वपनिल सेर्पुञ्जा चैत २६ गते  नुहाउने क्रममा डुबेर बेपत्ता भएको डिएसपी शैलेन्द्र थापाले बताए । 

सो घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट सशस्त्र प्रहरी सहायक निरीक्षक भुप बहादुर बढाथोकीको कमाण्डमा खटिएको गोताखोरसहितको टोलीले स्वपनिल सेर्पुञ्जाको शव ३५ फिट गहिराइबाट बिहान ११:३० बजे र दिक्षा सेर्पुञ्जाको शव ५० फिट गहिराइबाट अपराह्न १२:३० बजे निकालिएको हो ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  १ : १३ बजे

आज शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज ३ गते शनिबार सन् २०२६

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८३ साल असोज ३ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३ गते  शनिबार सन् २०२६

एन्फाका कोषाध्यक्ष र लेखापाल पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष र

भोटेकोशी बाढीको नामाकरण गर्दैछ सरकार

काठमाडौं । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको नामकरण