राष्ट्र बैंकको प्रतिवेदन : रेमिट्यान्सले अर्थतन्त्र ठिकठाक छ | Khabarhub Khabarhub

राष्ट्र बैंकको प्रतिवेदन : रेमिट्यान्सले अर्थतन्त्र ठिकठाक छ


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकको प्रतिवेदनले मुलुकको पछिल्लो अवस्था ठिकठाक रहेको देखाएको छ । रेमिट्यान्स आप्रवाहमा निरन्तर वृद्धि भइरहेको र त्यसकै कारण मुलुकमा आयातदेखि विदेशी मुद्राको सञ्चितिमा सकारात्मक अवस्था बनेको हो ।

चालु आर्थिक वर्षको ८ महिनामा विदेशमा काम गर्न गएका नेपालीले १० खर्ब ५१ अर्ब ७७ करोड रुपैयाँ पठाएका छन् । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.४ प्रतिशतले बढी हो । 

रेमिट्यान्स आप्रवाहमा भएको वृद्धि र निर्यातमा भएको वृद्धिले गर्दा विदेशी मुद्राको सञ्चितिमा पनि बढोत्तरी भएको छ । नेपाल राष्ट्र बैंकको प्रतिवेदनअनुसार २०८१ असार मसान्तमा २०४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १८.० प्रतिशतले वृद्धि भई २०८१ फागुन मसान्तमा २४०९ अर्ब २५ करोड पुगेको हो ।

आर्थिक वर्ष २०८१/८२ को आठ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.२ महिनाको वस्तु आयात र १४.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।

तथ्यांकले चालु आर्थिक वर्षको ८ महिनामा नेपालको वैदेशिक व्यापारमा पनि वृद्धि भएको देखाएको छ । आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा कुल वस्तु निर्यात ५७.२ प्रतिशतले वृद्धि भई १५८ अर्ब १७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ४.० प्रतिशतले कमी आएको थियो ।

त्यस्तै, आर्थिक वर्ष २०८१÷८२ को आठ महिनामा कुल वस्तु आयात ११.२ प्रतिशतले वृद्धि भई ११४५ अर्ब ५७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा २.७ प्रतिशतले कमी आएको थियो ।

समीक्षा अवधिमा सरकारको चालु खाता १८० अर्ब ८ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.१६७ अर्ब ४५ करोडले बचतमा रहेको थियो ।

समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर ६ अर्ब ४१ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ३ अर्ब ८९ करोड रहेको थियो । यसैगरी, समीक्षा अवधिमा ८ अर्ब ४९ करोड प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटि मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटि मात्र) ५ अर्ब ६३ करोड रहेको थियो । 

समीक्षा अवधिमा शोधनान्तर स्थिति ३१० अर्ब ३७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३२७ अर्ब ५५ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ४६ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब २९ करोडले बचतमा रहेको छ ।

सरकारले चालु आर्थिक वर्षको ८ महिनामा चालु, पुँजीगत र वित्तीय व्यवस्था अन्तर्गतका सबै शीर्षकमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खर्च बढाएको छ । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा सरकारले कुल खर्चमा ४.७ प्रतिशतले वृद्धि गरेको छ । जसमा पुँजीगत खर्चमा भने जम्मा १.४ प्रतिशतले मात्रै वृद्धि भएको छ ।

त्यस्तै, समीक्षा अवधिमा सरकारले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२ प्रतिशतले राजस्व आम्दानी वृद्धि गरेको तथ्यांकले देखाएको छ ।

२०८१ फागुन मसान्तमा यस बैंकमा रहेका सरकारका विभिन्न खातामा रु.३९२ अर्ब ३६ करोड (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत) नगद मौज्दात रहेको छ । २०८१ असार मसान्तमा यस्तो मौज्दात रु.९३ अर्ब ९६ करोड रहेको थियो ।

आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा कुल आन्तरिक कर्जा १.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ४.० प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८१ फागुन मसान्तमा यस्तो कर्जा ३.९ प्रतिशतले बढेको छ । त्यस्तै, समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी २२.२ प्रतिशतले घटेको छ ।

बैंकिङ क्षेत्रमा समीक्षा अवधिमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा निक्षेप र कर्जा प्रवाह दुवै बढ्न दुवै बढ्न पुगेको तथ्यांकले देखाएको छ भने बैंकिङ क्षेत्रको औसत ब्याजदर घट्न पुगेको छ ।

देशमा उद्योगधन्दा र उत्पादन क्षेत्रमा उल्लेख्य वृद्धि नभए पनि समीक्षा अवधिमा प्रक्षेपण गरिएको आधारमा मूल्यवृद्धि नभएको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ । २०८१ फागुन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.७५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.८२ प्रतिशत रहेको थियो । 

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.३४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरुको मुद्रास्फीति क्रमशः ५.९५ प्रतिशत र ४.०७ प्रतिशत रहेको थियो ।

यस्तो छ प्रतिवेदन :

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  ६ : १० बजे

स्थानीय निकायबीच समन्वय हुनुपर्छ : चिरीबाबु महर्जन

पाटन– ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले स्थानीय सरकारका असल अभ्यास

तातोपानी नाका व्यवस्थित बनाउन परराष्ट्रमन्त्रीको निर्देशन

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सिन्धुपाल्चोकको तातोपानी नाकालाई थप

१३ वर्षीया बालिकामाथि घरबेटीको गिद्धेदृष्टि : आरोपित प्रहरीको नियन्त्रणमा

काठमाडौं – सुनसरीको बराहक्षेत्र–७ स्थित ढिकझोरामा १३ वर्षीया बालिकालाई जबरजस्ती

उदयपुरका विपन्न किसानलाई उन्नत जातका बाख्रा वितरण

कटारी – उदयपुरको कटारी नगरपालिका–९ आहालेका १२ परिवारलाई ५० वटा

बागलुङका चार पालिकामा क्षयरोग मुक्त अभियान

गलकोट– बागलुङका चार वटा पालिकामा क्षयरोग मुक्त अभियान सञ्चालन गरिएको