जवाफी कर नीतिले ट्रम्प चीनविरुद्ध आक्रोशित : प्रतिकार गर्नेसँग कठोर बन्ने « Khabarhub

जवाफी कर नीतिले ट्रम्प चीनविरुद्ध आक्रोशित : प्रतिकार गर्नेसँग कठोर बन्ने

व्यापारिक साझेदारसँग वार्ता गर्ने ट्रम्पको नीति


२८ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


753
Shares
  • change font
  • change font
  • change font

वाशिंटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको प्रतिकात्मक करको निर्णयप्रति आक्रोश व्यक्त गरेका छन्। चीनले ८४ प्रतिशत करको निर्णय गरेपछि ट्रम्पले चीनसँग थप कठोर बन्ने प्रतिक्रिया दिएका हुन्।

संसारका सबै व्यापारिक साझेदारसँग वार्ताको क्रम जारी रहे पनि चीनले अमेरिका प्रति अनादर गर्दै ८४ प्रतिशत प्रतिकात्मक करको निर्णय गरेकाले आफूले १२५ प्रतिशत करको निर्णय गरेको ट्रम्पले बताएका छन्।

अमेरिकाले ६० देशमा लगाइएको करको स्थगनसँगै चीनमा लगाइएको करको दायरमा अझ वृद्धि गरेपछि यसमा धेरैको चासो बढेको छ। ह्वाइट हाउसले केही देशलाई ‘वेस्ट अफेन्डर’को सूचीमा राखेको छ। ती देशमा २७ सदस्यीय युरोपेली युनियन, भियतनाम र दक्षिण अफ्रिका छन् ।

ट्रम्पले आफ्नो देशमा प्रतिकात्मक करको निर्णय नगर्ने सबै देशमा ९० दिनका लागि आफ्नो निर्णय स्थगन गर्ने घोषणा गरिसकेका छन्। ट्रम्पले गरेको ९० दिनको स्थगनको निर्णयसँगै आफ्नो नीति प्रस्ट पारेका हुन्।

अमेरिकाको विरुद्धमा प्रतिकात्मक कर लगाउनने विरुद्ध करको दायरा दुई गुणा बढाउँदै लैजाने तथा प्रतिकार नगर्नेसँग वार्ता गर्ने नीति रहेको ट्रम्पले प्रस्ट पारेका छन्।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार  ६ : २८ बजे

विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक : प्रधानमन्त्री

काठमाडौ– प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबै

बालेनको सक्रियताले वैकल्पिक शक्तिलाई मिल्न दबाब, यस्ता छन् जटिलता

काठमाडौं- पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले वैकल्पिक शक्तिहरूसँग

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका