गगन थापाको प्रश्न- निर्मल निवासमा बस्दा त यस्तो उत्पात मच्चाउनेले नारायणहिटीमा भए के गर्थे होलान् ?  « Khabarhub

गगन थापाको प्रश्न- निर्मल निवासमा बस्दा त यस्तो उत्पात मच्चाउनेले नारायणहिटीमा भए के गर्थे होलान् ? 


२८ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राजा वीरेन्द्रको पारिवारिक वंशनाश हुँदा १३ दिन कपाल खौरिएर शोक मनाएको जनाएका छन् ।

माता पिता जिउँदै रहँदा पनि कहिल्यै कपाल नखौरेको बेला आफूले कपाल खौरेर वीरेन्द्रको वंशनाशमा शोक मनाएको जनाउँदै थापाले शीतल निवासमा बसेर उत्पात मच्चाउने काम भएको जनाएका हुन् ।

‘राजा वीरेन्द्रको वंशनाश हुँदा १३ दिन कपाल खौरिने मै हुँ, जुनबेला गिरिजाबाबुले ढुंगामुढा खाइरहनु भएको थियो, राजसंस्थाप्रति त्यस्तो सम्मान थियो’ थापाले भने, ‘तर अहिले शीतल निवासमा हुँदा त काठमाडौंमा यत्रो उत्पात मच्चाउने काम भएको छ, नारायणहिटीमै भएको भए के हुन्थ्यो, कल्पना गर्नु त ।’

नेपाली कांग्रेसले संवैधानिक राजसंस्थाप्रति सदैव सम्मान गरेको तर राजाहरूलाई नपचेको उनले जनाएका छन् । ‘बिपी कोइरालामाथि राजद्रोहसहित ७–७ मुद्दा लाग्दा पनि बोकेर हिड्नु भयो, गिरिजाबाबुले ढुंगामुढा खाँदा पनि संवैधानिक राजसंस्था भन्नुभयो तर राजाले के गरेत भने उल्टै कांग्रेसलाइ नै दुःख दिने काम गर्‍यो ।’

उनले राजतन्त्र फर्कने कुनै सम्भावना नरहेको भन्दै नेता मन नपरे परिवर्तन गर्न सकिने बताए । ‘५ बर्से व्यवस्था छ, सोही व्यवस्थामा टेकेर असल नेताहरू छान्ने कामतर्फ लाग्यौँ । ‘कतिसम्म राजाकोविरुद्ध किताब लेख्ने मेरै क्षेत्रका नवराज सुवेदीलाई उचालेर राजाले उपद्रो मच्चाउन लगाए, योबाटै बुझिन्छ कि राजतन्त्र फर्कियो भने के हुन्छ ?’ उनको प्रश्न थियो ।

गणतन्त्रको विकल्प नभएको भन्दै सबैलाई सामाजिक सञ्जालबाट भएपनि जनचेतना जगाउन उनले आग्रहसमेत गरेका छन् ।

 

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार  १ : ०९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै