शिक्षामन्त्री र शिक्षक महासंघका पदाधिकारीबीच छलफल « Khabarhub

शिक्षामन्त्री र शिक्षक महासंघका पदाधिकारीबीच छलफल


२७ चैत्र २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


801
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिक्षामन्त्री विद्या भट्टराई र शिक्षक महासंघका पदाधिकारीबीच मन्त्रालयमा छलफल जारी छ । ५ बजेबाट छलफल भइरहेको मन्त्री भट्टराईको सचिवालयले जनाएको छ । 

सचिवालयका अनुसार छलफलमा मन्त्रीसहित मन्त्रालयका सचिव दीपक काफ्ले  र अन्य दुई पदाधिकारी छन् । यस्तै शिक्षक महासंघको तर्फबाट सह अध्यक्ष नानुमाया पराजुली र अन्य ३ जना पदाधिकारीबीच छलफल भइरहेको छ । 

शिक्षा मन्त्रालयका सूचना तथा गुनासो सुन्ने अधिकारी, उपसचिव नीलकण्ठ ढकालका अनुसार आजको छलफलमा शिक्षकको माग सम्बोधन गर्नका लागि विभिन्न विकल्पहरूको बारेमा पनि कुराकानी भएको छ । 

‘उहाँहरूको कुरा मसिनो ढंगबाट सुन्ने र माग सम्बोधनका विषयमा विभिन्न विकल्पहरूबारे छलफल भइरहेको छ ।’ ढकालले खबरहबलाई भने, ‘आजको छलफलले केही निष्कर्ष दिन्छ । उहाँहरू भोलिबाट आन्दोलन रोक्नुहुन्छ भन्ने लागेको छ । सरकार उहाँहरूप्रति नकारात्मक कहिले छैन ।’ 

देशभरका शिक्षकहरू २० चैतदेखि  काठमाडौंमा सडक आन्दोलनमा रहेका छन् ।  गत सोमबारदेखि देशव्यापी शैक्षिक हडताल घोषणा समेत भएको छ । अहिले विद्यालयमा  विद्यार्थी भर्नाको कार्यक्रम सुरु हुन लागेको छ  ।

शिक्षामन्त्री भट्टराई पनि पूर्व शिक्षक नै हुन् । उनी शिक्षण पेसा छाडेर राजनीतिमा लागेकी थिइन ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बिहिबार  ७ : २६ बजे

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी एसिया कपमा स्थान

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

बाँके – बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै