तनहुँ पुग्यो गोरखा-जितगढी एकीकरण पदयात्रा « Khabarhub

तनहुँ पुग्यो गोरखा-जितगढी एकीकरण पदयात्रा


२९ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

दमौली – ऐतिहासिक महत्त्व बोकेका स्थानको प्रवर्द्धन गर्ने उद्देश्यका साथ सुरू भएको नेपाली सेनाको ऐतिहासिक गोरखा–जितगढी पदयात्रा तनहुँ आइपुगेको छ।

पृथ्वीनारायण शाहले राज्य एकीकरणका क्रममा प्रयोग गरेका पदमार्गको प्रचारप्रसार गर्दै कोट, गढी, किल्लाहरूको संरक्षण गर्ने र इतिहासबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यसहित सुरू भएको गोरखा–जितगढी एकीकरण पदयात्रा टोली बिहीबार साँझ तनहुँ आइपुगेको हो।

गोरखा दरबारबाट सुरू भएको पदमार्ग पालुङटार सतिघाट हुँदै तनहुँ आइपुगेको हो। रिपुमर्दन गणले सतिघाटबाट भानु नगरपालिकास्थित रूरू भैरव दल गणलाई पदयात्राको झण्डा हस्तान्तरण गरेको छ।

पदयात्रा टोलीलाई स्थानीयवासीले बाजागाजा बजाएर भव्य स्वागत गरेका छन्। उक्त कार्यक्रममा भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी, प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापालगायतले पदयात्रा टोलीलाई स्वागत गर्नुभएको थियो। उक्त पदयात्रा टोली आज ९शुक्रबार० व्यास नगरपालिका–११ तनहुँसुर दरबार आइपुग्ने कार्यतालिका रहेको व्यास नगरपालिका–५ चापाघाटस्थित कालीभञ्जन गण (इ) का गणपति प्रमुख सेनानी वसन्त कार्कीले जानकारी दिए।

तनहुँसुर आएर उक्त पदयात्राको झण्डा कालीभञ्जन गण (इ) लाई हस्तान्तरण गर्ने कार्यक्रम छ। पदयात्रा टोलीलाई स्थानीय तहको समन्वयमा स्वागत गर्ने कार्यक्रम छ। पदयात्रा कार्यक्रमले राज्य एकीकरण गर्दा प्रयोग गरिएका पदमार्गका बारेमा सबैलाई जान्ने अवसर मिल्ने प्रमुख सेनानी कार्कीले बताए।

तनहुँसुरबाट पदयात्रा टोली तनहुँकै धेनुङ देउराली पुग्नेछ। धेनुङ देउरालीमा श्री नम्बर ३ राजदल गणलाई झण्डा हस्तान्तरण गरिनेछ। धेनुङ देउरालीबाट केलादीघाटसम्म पुगेको टोलीलाई श्री दि फेमस महेन्द्रदल गणलाई झण्डा हस्तान्तरण गरिनेछ। पदयात्रा टोली चैत २९ देखि वैशाख २ गतेसम्म तनहुँ खण्डमा रहनेछ।

केलादीघाटबाट नुवाकोटगढीसम्म पुगेको टोलीलाई गरूणदल गणलाई झण्डा हस्तान्तरण गर्ने र वैशाख ७ गते पदयात्रा टोली नुवाकोटगढीबाट जीतगढीसम्म पुग्ने कार्यक्रम छ। पदयात्रामा फौज, बाजागाजा, राष्ट्रिय झण्डा तथा एकीकरणको दौरान स्थापना भएका पाँच प्रथम कम्पनी ९श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्दवाणी र सबुज० र जितगढी लडाइमा सहभागी गुरूबक्स गुल्मको झण्डा समावेश गरिएको नेपाली सेनाले जनाएको छ।

गोरखादेखि जितगढीसम्मको दूरी २०७ किलोमिटर रहेको छ। नेपाली सेनाले हरेक वर्ष गोरखा-जितगढी पदयात्रा गर्दै आएको छ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  ६ : ३० बजे

निर्वाचनका लागि सरकार र मुख्य दलबीच समझदारीको पक्षमा राष्ट्रपति

काठमाडौं- फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण

प्रधानमन्त्री बाहिरिइन्, तीन दलका नेता शीतल निवासमै  

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँगको छलफलपछि प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति भवनबाट

नयाँ चलचित्र जाँचपास कार्यविधिमा चलचित्रकर्मीले देखाए खोट

काठमाडौं – नेपाली फिल्म क्षेत्रमा सेन्सरको विवाद नयाँ होइन ।

मधेस प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन पेस

महेन्द्रनगर– राष्ट्रिय दलित आयोगद्वारा आज मधेस प्रदेशप्रमुख समक्ष पाँचौँ वार्षिक

पार्टीको महाधिवेशन लम्बिन सक्छ : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको महाधिवेशन केही