थुनामा पठाउने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च पुगे रवि | Khabarhub Khabarhub

थुनामा पठाउने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च पुगे रवि


२९ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


624
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफूलाई थुनामा पठाउने उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशविरुद्ध रिट लिएर सर्वोच्च अदालत पुगेका छन् ।

लामिछानेकोतर्फबाट श्रीमती निकिता आफैं उपस्थित भएर कानुन व्यवसायीमार्फत् शुक्रबार सर्वोच्चमा निवेदन दर्ता गराएकी हुन् ।

बुटवलस्थित सुप्रिम सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा उच्च अदालत तुलसीपुर, बुटवल इजलासले गत चैत २२ गते लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

उक्त आदेशविरुद्ध लामिछानेले फौजदारी कार्यविधि संहिताको दफा ७३ बमोजिम सर्वोच्च अदालतमा निवेदन दिएको उनका कानुनी व्यवसायी अधिवक्ता डा. नारायणदत्त कँडेलले जानकारी दिए ।

सुप्रिम सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा गत माघ १३ गते रुपन्देही जिल्ला अदालतले लामिछानेसँग १ करोड धरौटी रकम मागेको थियो ।

उक्त धरौटी बुझाएर छुटेका रविले साधारण तारेखमा छाड्न मागसहित पुनरावेदन हालेका थिए । उता सरकारी वकिलको कार्यालयले पनि धरौटीमा रिहा गर्ने आदेशविरुद्ध उच्चमा निवेदन दिएको थियो । सरकारी वकिलको निवेदनअनुसार उच्चले आदेश दिएपछि रवि थुनामा गएका हुन्।

दुवै निवेदनमाथि सुनुवाइपछि उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले लामिछानेलाई थुनामा पठाउने आदेश गरेको थियो । त्यही आदेशअनुसार रवि अहिले भैरहवा कारागारको ४ नम्बर ब्लकमा छन् ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  २ : ५५ बजे

सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

काठमाडौं– यातायात विभाग मीनभवनस्थित सडकखण्ड नयाँबानेश्वरमा जिप र मोटरसाइकल ठोक्किँदा

प्रतिनिधिसभा पुनर्स्थापना गर्नेबारे सभामुखको छलफल

काठमाडौं – सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा पुनर्स्थापनाको विषयमा प्रमुख दलसँग

किसानलाई धान काट्ने चटारो

दाङ – लमही नगरपालिका–३ की ४२ वर्षीया सीता चौधरी सोमबार

ट्रफी जित्न ओमानलाई हराउनै पर्छ : कप्तान रोहित पौडेल

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले विश्वकप

जेनजी आन्दोलनमा सहभागी थुक्तेन एक महिनादेखि बेपत्ता

हुम्ला – नाम्खा गाउँपालिका–३ खगालगाउँका थुक्तेन पाल्वर लामा एक महिनादेखि