पूर्वसचिव पाण्डेले ल्याए ‘सम्झनाका फूलहरू’ « Khabarhub

पूर्वसचिव पाण्डेले ल्याए ‘सम्झनाका फूलहरू’


२९ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

कीर्तिपुर– पूर्वसचिव शङ्करप्रसाद पाण्डेको संस्मरणात्मक निबन्ध ‘सम्झनाका फूलहरू’ सार्वजनिक भएको छ। भौतिक विकास, पर्यावरण संरक्षण, मुलुकको कूटनीति, शिक्षा तथा प्रशासन सेवाका अनुभव समेटेरे तयार पारिएको पुस्तकको शनिबार कीर्तिपुरमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले विमोचन गरिन् ।

नेपाली साहित्यमा अनुपम मानिएको ‘मुनामदन’ का रचयिता महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रतिमा राष्ट्रसेवकका रुपमा ल्हासामा रहँदा स्थापना गराउँदाको अनुभव पनि पुस्तकमा समेटिएको छ ।

पुस्तक विमोचनपछि पूर्वप्रधानन्यायाधीश कार्कीले पुस्तकका माध्यमबाट राज्यव्यवस्था र त्यससँग सम्बन्धित विषय सार्वजनिक गरेर लेखकले आम पाठकलाई गुन लगाएकाे बताइन् ।

कवि प्रह्लाद पोखरेले पुस्तक नयाँ–पुराना दुवै पुस्ताले पढ्नुपर्ने बताए । काठमाडौं महानगरपालिका– १७ का वडाध्यक्ष रोजिना श्रेष्ठले पुस्तकका केही प्रसङ्ग हरेक नेपालीको जीवनसँग मिल्ने किसिमका भएकाले पुस्तक पठनीय भएको टिप्पणी गरिन् ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शनिबार  ४ : २० बजे

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली