कुमारी, महालक्ष्मी विकास र सप्तकोशी डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा  « Khabarhub

कुमारी, महालक्ष्मी विकास र सप्तकोशी डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा 


३१ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तीन बैंकको आइतबारबाट संस्थापक शेयर बिक्रीमा रहेको छ । कुमारी बैंक, महालक्ष्मी विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको संस्थापन शेयरधनीको नाममा हरेको शेयर बिक्रीमा आएको हो । 

कुमारीको संस्थापक शेयर धनीको नाममा हरेको २ लाख १४ हजार कित्ता शेयर बिक्रीमा रहेको छ । जसमा अन्य विद्यमान संस्थापक शेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । 

३५ दिन भित्र बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा आवेदन दिनु पर्ने सूचनामा उल्लेख छ । 

शेयर भाउ भने बिक्रेताले तोके बमोजिम हुने सूचनामा उल्लेख छ । ३५ दिन भित्र संस्थापन शेयरधनीले नकिने अन्य व्यक्ति तथा संस्थाको लागि उक्त शेयर बिक्री खुल्ला गरिने सूचनामा उल्लेख छ । 

त्यस्तै, महालक्ष्मी विकास बैंकले १५ लाख १४ हजार २५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । जसमा जो कोही व्यक्ति तथा संस्थाले आवेदन दिन सक्ने छन् । 

उक्त शेयरको मूल्य प्रतिकित्ता न्यूनतम ११० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । महालक्ष्मीको संस्थापक शेयरमा वैशाख १४ गतेसम्म आवेदन दिन मिल्नेछ । 

यसको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल, नारायणचौर नक्साल काठमाडौंमा रहेको छ । 

साथै, सप्तकोशी डेभलपमेन्ट बैंकले ४० हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । उक्त शेयरमा जो कोही व्यक्ति तथा संस्थाले आवेदन दिन सक्ने छन् । 

उक्त शेयरको प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
 
सप्तकोशीको शेयरमा वैशाख ८ गतेसम्म आवेदन दिन मिल्नेछ । बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल, बाटुलेघर डिल्लीबजार काठमाडौं हरेको छ ।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  १२ : ३३ बजे

‘मुन्दुम पदमार्ग’ क्षेत्रमा गुराँस ढकमक्क

भोजपुर– वसन्त ऋतुको आगमनसँगै पूर्वी पहाडी भेगका वन–जङ्गल यतिबेला राताम्य

बेनीमा ‘वडा पर्यटन परियोजना’

म्याग्दी– बेनी नगरपालिकाले ‘वडा पर्यटन परियोजना’ सञ्चालन गरेको छ ।

हुलाकी राजमार्गका साँघुरा पुललाई चारलेनमा विस्तार गरिँदै

राँझा– नेपालगञ्ज–गुलरिया हुलाकी राजमार्गका साँघुरा पुललाई चार लेनमा विस्तार गरिने

अमरीश पुरीको खलनायकी स्टारडम : सरकारी सेवाबाट अभिनयमा फड्को

नेपालको पछिल्लो राजनीतिक अवस्थालाई लिएर सामाजिक सञ्जालमा बलिउड फिल्म ‘नायक’

स्वरोजगार प्रवर्द्धनका लागि २० उद्यमीलाई ल्यापटप वितरण

फिक्कल– स्थानीयस्तरमा उद्यमशीलता विकास गरी युवालाई स्वरोजगारतर्फ प्रेरित गर्ने उद्देश्यले