रवि लामिछानेको मुद्दाको सुनुवाइ न्यायाधीश ढुंगानाको इजलासमा « Khabarhub

रवि लामिछानेको मुद्दाको सुनुवाइ न्यायाधीश ढुंगानाको इजलासमा


३१ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहकारी ठगी प्रकरणमा मुछिएर भैरहवा जेलमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दा सर्वोच्‍च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा परेको छ।

उच्च अदालत तुलसीपुर बुटवल इजलासले बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणमा गत चैत २२ गते लामिछानेलाई पुर्पक्षको लागि कारागार पठाउने आदेश दिएको थियो ।

धरौटीमा छाड्ने जिल्ला अदालत रुपन्देहीको गत माघ १३ गते एक करोड धरौटीमा छाड्ने आदेश दिएको थियो । तर उच्चले उक्त आदेश उल्ट्याउँदै साझेदार छविलाल जोशी जस्तै रविलाई पनि जेल पठाइदिएको थियो ।

छविलाललाई जिल्ला अदालतले नै थुनामा पठाइदिएको थियो । यसविरुद्ध रविले सर्वोच्च अदालतमा हालेको रिटको सुनुवाइका लागि न्यायाधीश ढुंगानाको इजालास तोकिएको हो । यो मुद्दाको सुनुवाइका लागि ढुंगानाको इजलासमा पहिलो नम्बरमै राखिएको छ ।

गत शुक्रबार लामिछानेले उच्च अदालत, बुटवलको उक्त आदेश बदर गर्न माग गर्दै सर्वोच्चमा निवेदन दायर गरेका थिए। रवि पत्नी निकिता उपस्थित भएर दिएको उक्त निवेदन न्यायाधीश ढुंगानाको इजलासमा सुनुवाइ हुँदैछ ।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  १ : ३५ बजे

बैतडीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

दशरथचन्द (बैतडी)- बैतडीमा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक

कांग्रेसको आधिकारिकता विवादमा सुनुवाइ सकियो, फैसला आउन बाँकी

काठमाडौँ– नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादको मुद्दामा सुनुवाइ सकिएको छ। शुक्रबार सर्वोच्च

चालू आर्थिक वर्षभित्रै सक्नेगरी यातायात विभाग र मुद्रण केन्द्रबीच १७ लाख लाइसेन्स छाप्ने सम्झौता

काठमाडौं- यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबीच १७ लाख

अमेरिकी नाकाबन्दी तोड्दै इरानका तीन ट्यांकर होर्मुजबाट निस्किए

काठमाडौं- अमेरिकी नाकाबन्दीका बावजुद पनि इरानका तीनवटा तेल ट्यांकर होर्मुज

कांग्रेसले छान्‍न सकेन दलको नेता, अब शीर्ष नेताले सहमति जुटाउने

काठमाडौं- नेपाली कांग्रेसले शुक्रबार पनि संसदीय दलको नेता चयन गर्न