शंकर पोखरेलकै अगाडि कर्ण थापाको प्रश्न- दुर्गा प्रसाईंलाई एमाले केन्द्रीय सदस्य बनाउने को हो ? जगमानलाई बोकेर हिँड्ने को हो ? « Khabarhub

शंकर पोखरेलकै अगाडि कर्ण थापाको प्रश्न- दुर्गा प्रसाईंलाई एमाले केन्द्रीय सदस्य बनाउने को हो ? जगमानलाई बोकेर हिँड्ने को हो ?


३१ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो समय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीमाथि प्रश्न उठाइरहेका नेतामध्ये पर्छन् स्थायी कमिटी सदस्य कर्णबहादुर थापा ।

एमालेका पूर्वराष्ट्रपति विद्या भण्डारीलाई ल्याउनुपर्ने पक्षमा देखिएका उनले दुई दिनअघि सुदूरपश्चिमको राजधानी सहर धनगढीमा अहिले राजावादी बनेका दुर्गा प्रसाईं र जगमान गुरूङबारे उपाध्यक्ष युवराजा ज्ञवाली र महासचिव शंकर पोखरेलकैसामु गम्भीर प्रश्न उठाएका छन् ।

कुनै समय अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा देखिइरहने दुर्गा प्रसाईं र एमाले नेतृत्वको सरकारले नै प्रज्ञा प्रतिष्ठानको कुलपति बनाइएका जगमान गुरूङबारे थापाले सार्वजनिक रुपमा प्रश्न उठाएका हुन् ।

एमालेका दुई शीर्ष नेतासहित गरिएको धनगढीको सभामा उनले अध्यक्ष ओलीको नाम नलिई प्रसाईं र गुरुङलाई बोक्ने को हो भनेर सोधे । उनले त्यसरी सोधेपछि कार्यक्रमका उद्घोष एवम् एमालेका प्रदेश सचिव रणबहादुर चन्दले उनलाई चिट थमाएका थिए ।

‘आज राजावादीको नेता को अरे, दुर्गा प्रसाई । दुर्गा प्रसाईंलाई हिजो एमाले केन्द्रीय सदस्य कसले बनायो ?’, उनले सोधे, ‘आज सबैभन्दा बढी एमालेलाई गाली गर्ने को हो ? दुर्गा प्रसाईं । उसको चरित्र नबुझी कसरी एमालेको केन्द्रीय सदस्य बनायौँ ?’

अहिले राजावादी आन्दोलनका समितिका कार्यवहाक संयोजक बनेका जगमान गुरूङलाई प्रज्ञा प्रतिष्ठानमा गरिएको नियुक्तिबारे पनि थापाले प्रश्न उठाए ।

‘जगमान गुरुङलाई प्रज्ञा प्रतिष्ठानको कुलपति हामीले किन बनायौँ ?’, उनले भने, ‘हामीमाझ तमाम बुद्धिजीवी छन्, एकसेएक क्षमता भएका मानिस छन् नियुक्तिका लागि । ती क्षमतावानालई पाखा लगाएर यस्ता मानिसलाई हामीले किन नियुक्ति गर्‍यौँ ? किन नेता बनायौँ ?’

उनले यी दुई व्यक्तिलाई बोक्ने नाममा एमालेले कमोजरी गरेको भन्दै नेतृत्वको आलोचना गरे । ‘हामीले कमजोरी गर्‍यौँ । अब मानिसको क्षमता चिनेर जिम्मेवारी दिनुपर्छ’, उनले थपे ।

थापाले उक्त सम्बोधनका क्रममा राजतन्त्र भनेको विकल्पविहीनताको व्यवस्था भन्दै त्यसलाई अब स्वीकार्न नसकिने पनि बताए । ‘लोकतन्त्र र गणतन्त्रमा विकल्प हुन्छ । यदि एउटा नेताले काम गर्न सकेन भने जनताले विकल्प रोज्न सक्छ । तर राजतन्त्रमा जनताले विकल्प रोज्न पाउँदैन’, उनले भने ।

थापाले यसअघि एमालेले संकटमा परेका बेला सुदूरपश्चिममा ठूला ठूला सभा गरेको भन्दै यस पटक बिहीबार भएको कार्यक्रममा कमजोर जनसहभागिताबारे पनि प्रश्न उठाए ।

‘पार्टीभित्र संकट हुँदा पनि हामीले विशाल विशाल सभा गरेका थियौँ । केपी ‌ओलीलाई पार्टी अध्यक्ष केन्द्रीय सदस्य र संगठित सदस्यबाट निष्कासित गर्दा पनि ठूलो सभा गरेका थियौँ’, उनले भने, ‘सुदूरपश्चिमको पार्टी संगठन निष्क्रिय भएको हुन सक्ला, यसमा ध्यान दिन जरुरी छ । हामीले पार्टीभित्रका समस्या समाधान गर्न सक्न सक्नुपर्छ ।’

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  २ : ३१ बजे

पर्वतमा अटोरिक्सा दुर्घटनामा हुँदा एकको मृत्यु, चार जना घाइते

पर्वत – पर्वतको फलेवास नगरपालिका-१० कुर्घामा अटोरिक्सा दुर्घटना हुँदा एकको

चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला

कैलाली– कैलालीको चुरे गाउँपालिका-५ स्थित सुरुगडा चिप्ले झरनामा चिप्लिएर बेपत्ता

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेमा मोटरसाइकलले आज साइकललाई ठक्कर दिँदा

गगनको बेवास्ताले दबाबमा देउवा, पार्टी फुटाउनेसम्मको तयारीमा दोस्रो तहका नेता

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनदेवीमा बसेर पार्टीभित्र समानान्तर