देउवाले भने- शिक्षकका माग पूरा गर्न सरकार तयार हुनुपर्छ « Khabarhub

देउवाले भने- शिक्षकका माग पूरा गर्न सरकार तयार हुनुपर्छ


३१ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आन्दोलनरत शिक्षकको जायज माग पूरा गर्न सरकारको ध्यान जानुपर्ने बताएका छन् ।

नेपाल मुस्लिम संघले आइतबार कांग्रेस पार्टी कार्यालय सानेपामा गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सभापति देउवाले वार्ता र सम्वादबाट आन्दोलनरत शिक्षकको जायज माग पूरा गर्न सरकारको ध्यान जानुपर्ने बताए ।

उनले शिक्षकहरूको माग सम्बोधन गर्न कुनै समस्या देखिए छलफलबाटै निकास निकाल्नुपर्ने भन्दै यसका लागि शिक्षकहरू पनि तयार हुनुपर्ने जिकिर गरे ।

त्यस्तै सभापति देउवाले कुनै पनि पार्टीको बहुमत आउन गाह्रो भएपनि सबैलाई मिलाउन सक्ने संविधान मुलुकमा रहेको धारणा राखे । अहिलेको संविधानले समावेशी समानुपातिक प्रतिनिधित्व गराउन निकै ठूलो भूमिका खेलेको उनले बताए ।

उनले कांग्रेसको विधान पनि समावेशी समानुपातिक प्रकारको रहेकाले पार्टीमा सवैको प्रतिनिधित्व रहेको बताए ।

उनले देश समावेशी र समानुपातिकताको आधारमा अघि बढिरहेको पनि बताए । ‘नेपालको संविधान अत्यन्तै राम्रो छ । कुनै पनि पार्टीको बहुमत आउन गाह्रो छ । तर, पनि सबैलाई मिलाउन सक्ने संविधान छ,’ सभापति देउवाले भने ।

सभापति देउवाले कांग्रेसमा मुस्लिम समुदायबाट राम्रो प्रतिनिधित्व रहेको बताए । उनले कांग्रेसको विधान समावेशी समानुपातिक रहेको र पार्टीमा मुश्लिम समुदायबाट पनि ठूला–ठूला नेता रहेको उनले बताएका छन् ।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  २ : ४३ बजे

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै