कुवेतसँग ३ रनले पराजित हुँदै नेपालले गुमायो उपाधि « Khabarhub

कुवेतसँग ३ रनले पराजित हुँदै नेपालले गुमायो उपाधि


३१ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


786
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चार देशीय टी २० सिरिजको उपाधि भिडन्तमा नेपाल चुकेको छ । केवल तीन रनले नेपाल पराजित हुँदा उपाधि कुवेतको पोल्टामा गएको हो ।

हङकङमा जारी चारदेशीय टी-२० आई शृङ्खलाअन्तर्गत फाइनल खेलमा कवेतले दिएकाे १७५ रनको बलियो लक्ष्य पछ्याएको नेपालले सुरूवाती खराब ब्याटिङ गर्दै उपाधि गुमाउन पुगेको हो ।

कुवेतले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १७१ रन मात्रै बनाउन सफल भयो । नेपालका बसिर अहमद र नन्दन यादवबाहेक अरु कसैले गतिलो प्रदर्शन गर्न सकेनन्।

बसिरले सर्वाधिक ८० रन बनाए पनि जित दिलाउन सकेनन् । ४३ बल खेलेका उनले आठ चौका र चार छक्का हाने ।

नन्दनले १४ बलमा दुई चौका र चार छक्कासहित ३७ रन बनाए । यस प्रदर्शनबाट नेपाल उपाधिजिक थियो। तर, अन्तिम तीन बलमा तीन रन चाहिँदा क्लिन्टो एन्टोबाट बसिर क्याच भएसँगै उपाधि गुम्यो ।

कुवेतले यसअघि नेपालसामु जितका लागि एक सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । हङकङको टिन क्वाङ रोड रिक्रिएशन मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ७४ रन बनाएको थियो ।

कुवेतका लागि रविजा सन्दारुवानले अर्धशतकीय पारी खेले । उनले ३६ बलमा छ चौका र चार छक्काको मद्दतले सर्वाधिक ६३ रन बनाए । 

क्लिन्टो एन्टोले २६, उस्मान पटेलले २३, मीट भावसारले १६ र मोहम्मद असलमले १३ रन बनाए भने अन्य खेलाडीले दोेहोरो अङ्कमा रन जोेड्न सकेनन् । 

नेपालका लागि सोमपाल कामी र नन्दन यादवले समान दुई/दुई विकेट लिँदा करण केसी र कुशल भुर्तेलले एक/एक विकेट हात पारे । 

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  ३ : १२ बजे

चीनद्वारा आफ्नो जलक्षेत्रमा पसेका अवैध जापानी जहाज निष्कासन

एजेन्सी– चिनियाँ जल क्षेत्रमा अवैध रूपमा प्रवेश गरेको आरोपमा जापानी

चितवनका ओपनरको दोहारो अर्धशतकसहितको बलियो साझेदारीले जनकपुरका इटनले गरे भंग

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको

किसानको धान खरिदमा चुनौती

सिरहा– यहाँको लहानस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखामा

चितवनका दुवै ओपनर डविड र अर्जुनको अर्धशकत

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मङ्सिर २० गतेदेखि

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन