जेलमा रहेका रविको मुद्दामा सुनुवाइ सकियो, आदेश आउन बाँकी « Khabarhub

जेलमा रहेका रविको मुद्दामा सुनुवाइ सकियो, आदेश आउन बाँकी


३१ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहकारी ठगी प्रकरणमा मुछिएर भैरहवा जेलमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दाको सुनुवाइ सकिएको छ । सर्वोच्‍च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा सुनुवाइ सकिएपछि अब आदेशको प्रतिक्षा भइरहेको छ ।

उच्च अदालत तुलसीपुर बुटवल इजलासले बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणमा गत चैत २२ गते लामिछानेलाई पुर्पक्षको लागि कारागार पठाउने आदेश दिएको थियो । उक्त आदेशविरुद्ध रवि गत शुक्रबार सर्वोच्च गएका थिए ।

रविलाई जिल्ला अदालत रुपन्देहीको गत माघ १३ गते एक करोड धरौटीमा छाड्ने आदेश दिएको थियो । तर उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीशहरू रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले जिल्लाको आदेश उल्ट्याउँदै रविलाई पनि जेल पठाइदिएको थियो ।

उता रविका साझेदार छविलाल जोशीलाई जिल्ला अदालतले नै थुनामा पठाइदिएको थियो । उच्चको यस आदेशविरुद्ध रविले सर्वोच्चमा हालेको रिटको सुनुवाइका लागि न्यायाधीश ढुंगानाको इजालास तोकिएको थियो । ढुंगानाको इजलासमा यो यो मुद्दाको सुनुवाइ पहिलो नम्बरमै राखेर भइसकेको छ ।

गत शुक्रबार लामिछानेले उच्च अदालत, बुटवलको उक्त आदेश बदर गर्न माग गर्दै सर्वोच्चमा निवेदन दायर गरेका थिए। रवि पत्नी निकिता पौडेल उपस्थित भएर दिएको उक्त निवेदनमा न्यायाधीश ढुंगानाको इजलासबाट अब आदेश आउन बाँकी छ ।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  ३ : २९ बजे

आन्तरिक राजस्व कार्यालय जुम्लाद्वारा २५ करोड बढी संकलन

जुम्ला- जुम्लास्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा

नगर विकास समितिका पूर्वअध्यक्ष पक्राउ

महेन्द्रनगर- कञ्चनपुर प्रहरीले तत्कालीन महेन्द्रनगर नगर विकास समितिका पूर्वअध्यक्ष गोपाल

पर्वतको हम्पाल र कोखेडाँडामा पर्यटकको आकर्षण बढ्यो

पर्वत- यो समय घुमघामका लागि अनुकूल मानिन्छ । जताततै लालीगुराँस

बैतडीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

दशरथचन्द (बैतडी)- बैतडीमा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक

कांग्रेसको आधिकारिकता विवादमा सुनुवाइ सकियो, फैसला आउन बाँकी

काठमाडौँ– नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादको मुद्दामा सुनुवाइ सकिएको छ। शुक्रबार सर्वोच्च