२०८१ सालको अन्तिम शेयर बजार घटेर बन्द  « Khabarhub

२०८१ सालको अन्तिम शेयर बजार घटेर बन्द 


३१ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– २०८१ सालको अन्तिम शेयर बजार घटेर बन्द भएको छ । आज २०८१ साल चैत ३१ गते यो वर्षको अन्तिम दिन हो । आज आइतबार पनि शेयर बजार ८.६२ अंकले घटेर बन्द भएको छ । 

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.३२ प्रतिशतले घटेर २६६२.०८ विन्दुमा पुगेको छ । आज नेप्से घटे पनि कारोबार रकम भने वृद्धि भएको छ । 

आज ६ अर्ब २८ करोड २ लाख ९६ हजार रुपैयाँ बराबरको १ करोड ३१ लख ८९ हजार ३२८ कित्ता शेयर कारोबार भएको छ । 

आज ८८ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १५७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

आज दिनभरमा ३२२ वटा कम्पनी कारोबारमा आउँदा ५४ हजार ३६१ पटक शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  ३ : ४५ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार