वीरगञ्ज घटनाको विरोधमा जनकपुरमा जलाइयो गृहमन्त्रीको पुत्ला « Khabarhub

वीरगञ्ज घटनाको विरोधमा जनकपुरमा जलाइयो गृहमन्त्रीको पुत्ला


३१ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- हनुमान जन्मोत्सवको अवसरमा वीरगञ्जमा शनिबार निकालिएको शोभा यात्रामाथि ढुङ्गा प्रहार गरी कार्यक्रम बिथोलिएको घटनाको विरोधमा जनकपुरमा राष्ट्रिय एकता अभियानले गृहमन्त्री रमेश लेखेको पुत्ला जलाएको छ ।

प्रदर्शनका सहभागीहरूले घटनालाई धार्मिक स्वतन्त्रतामाथिको गम्भीर आक्रमण भन्दै दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन् ।

प्रदर्शनकारीहरूले उक्त घटनाका क्रममा गृह मन्त्रालयको निष्क्रियताबारे आक्रोश प्रकट र्दै गृहमन्त्री रमेश लेखकको पुत्ला जलाएका हुन् । त दहन गरेका थिए ।

प्रदर्शनका क्रममा ‘सर्वपक्षीय बैठकको नाटक बन्द गर’, ‘जिहादी आतंकवाद मुर्दावाद’, ‘दोषीलाई तत्काल गिरफ्तार गर’सहितका नाराबाजी भएको थियो ।

राष्ट्रिय एकता अभियानका प्रतिनिधि वीरगञ्जको घटनालाई सामान्य मान्न नसकिने बताए । ‘यो घटना कुनै साधारण होइन, यो धार्मिक अधिकार र स्वतन्त्रतामाथिको आक्रमण हो’, उनीहरूले भने, ‘दोषीलाई अविलम्ब कानुनी दायरामा नल्याए आन्दोलन अझ सशक्त बनाउँछौँ ।’

दुई धार्मिक समूहबीच तनाव हुने अवस्थाका कारण मधेशको राजधानी जनकपुरमा पनि सुरक्षाकर्मी बाक्लो मात्रामा परिचालन गरिएको छ । उता प्रशासनले वीरगञ्ज घटनाको छानबिन थालिएको जनाएको छ ।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  ३ : ४९ बजे

आन्तरिक राजस्व कार्यालय जुम्लाद्वारा २५ करोड बढी संकलन

जुम्ला- जुम्लास्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा

नगर विकास समितिका पूर्वअध्यक्ष पक्राउ

महेन्द्रनगर- कञ्चनपुर प्रहरीले तत्कालीन महेन्द्रनगर नगर विकास समितिका पूर्वअध्यक्ष गोपाल

पर्वतको हम्पाल र कोखेडाँडामा पर्यटकको आकर्षण बढ्यो

पर्वत- यो समय घुमघामका लागि अनुकूल मानिन्छ । जताततै लालीगुराँस

बैतडीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

दशरथचन्द (बैतडी)- बैतडीमा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक

कांग्रेसको आधिकारिकता विवादमा सुनुवाइ सकियो, फैसला आउन बाँकी

काठमाडौँ– नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादको मुद्दामा सुनुवाइ सकिएको छ। शुक्रबार सर्वोच्च