रविको मुद्दामा कैफियत प्रतिवेदन झिकाउन सर्वोच्चको आदेश | Khabarhub Khabarhub

रविको मुद्दामा कैफियत प्रतिवेदन झिकाउन सर्वोच्चको आदेश


३१ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहकारी ठगी प्रकरणमा मुछिएर भैरहवा जेलमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दामा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ ।

सर्वोच्‍च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा आइतबार सुनुवाइ सकिएपछि यस्दो आदेश भएको हो । सर्वोच्चले उच्च अदालत तुलसीपुर बुटवल इजलासले गरेको आदेशको आधार प्रमाण र कारणसहितको कैफियत प्रतिवेदन झिकाउने आदेश गरेको हो । 

उच्च अदालत तुलसीपुर बुटवल इजलासले बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणमा गत चैत २२ गते लामिछानेलाई पुर्पक्षको लागि कारागार पठाउने आदेश दिएको थियो ।

उक्त आदेशविरुद्ध रवि गत शुक्रबार सर्वोच्च गएका थिए । सर्वोच्चले उच्चको आदेशसम्बन्धी प्रतिवेदन झिकाइसकेपछि मात्रै यो मुद्दामा अन्तिम आदेश दिने भएको छ ।

रविलाई जिल्ला अदालत रुपन्देहीको गत माघ १३ गते एक करोड धरौटीमा छाड्ने आदेश दिएको थियो । तर उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीशहरू रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले जिल्लाको आदेश उल्ट्याउँदै रविलाई पनि जेल पठाइदिएको थियो ।

उता रविका साझेदार छविलाल जोशीलाई जिल्ला अदालतले नै थुनामा पठाइदिएको थियो । उच्चको यस आदेशविरुद्ध रविले सर्वोच्चमा हालेको रिटको सुनुवाइका लागि न्यायाधीश ढुंगानाको इजालास तोकिएको थियो ।

गत शुक्रबार लामिछानेले उच्च अदालत, बुटवलको उक्त आदेश बदर गर्न माग गर्दै सर्वोच्चमा निवेदन दायर गरेका थिए। रवि पत्नी निकिता पौडेल उपस्थित भएर दिएको उक्त निवेदनमा न्यायाधीश ढुंगानाको इजलासबाट अब आदेश आउन बाँकी छ ।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  ४ : १७ बजे

नेपालमा प्रति १ लाख जनसंख्याको १२ जनामा ब्रेन ट्युमर 

काठमाडौं– नेपालमा पहिलो पटक राष्ट्रिय स्तरको ब्रेन ट्युमर सम्बन्धी तथ्यांक

सुरूमै दबाबमा स्कटल्याण्ड, करणले दिलाए नेपाललाई दोहोरो सफलता

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ मा आइतबार भइरहेको खेलमा नेपालले

भीम रावलबारे ओलीको टिप्पणी- जहिल्यै अराजक, आम्दानी हुने पद खोजिरहन्थे

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले २०८१ पुस

टेक एण्ड पे प्रावधान बजेटबाट हटाउन इप्पानको माग

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले उपप्रधान एवं अर्थमन्त्री

राजनीतिमा फर्किने विद्या भण्डारीको प्रयासले ओली रुष्ट, भने- फलाना आउने रे भनेर हल्ला चलाउनको अर्थ छैन

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या