नेपालमा पहिलोपटक मनाइँदै याकचौँरी दिवस | Khabarhub Khabarhub

नेपालमा पहिलोपटक मनाइँदै याकचौँरी दिवस


३१ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा वैशाख ७ गतेका दिन हरेक वर्ष याकचौँरी दिवसका रुपमा मनाइने भएको छ ।

२०३० वैशाख ७ गते सोलुखुम्बुको स्याङबोचेमा पहिलो पटक याक फर्म स्थापना गरेको दिनलाई आधार मानेर प्रत्येक वर्ष याकचौँरी दिवस मनाउने निर्णय सरकारले गरेको हो ।

जसअनुसार कृषि तथा पशुपंछी विकास मन्त्रालयको आयोजना र याकचौँरी व्यवसायी कृषक महासंघको सह–आयोजनामा आगामी वैशाख ७ गते काठमाडौंमा याकचौँरी दिवस मनाइँदैछ ।

पहिलो पटक मनाउन लागिएको याकचौँरी दिवसको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भएको याकचौँरी व्यवसायी कृषक महासंघका अध्यक्ष पाबिहाङ राईले जानकारी दिए ।आयोजकका अनुसार दिवसका अवसरमा र्या‍ली, कृषक सम्मान, चिज, छुर्पी, घिउसहित याकचौरीका उत्पादनको प्रदर्शनी लगायतका कार्यक्रम हुनेछन् ।

कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतका निकायसँगै वन मन्त्रालय, पर्यटन मन्त्रालय, इसिमोड, एफएओ, डब्लडब्लु एफ सहितका संघ संस्था र बिभिन्न जिल्लाबाट याकचौरी कृषकहरुले प्रतिनिधिमूलक सहभागिता जनाउनेछन् ।

महासंघका उपाध्यक्ष लालकुमार केसीले लामो समयको प्रयासपछि याकचाँैरी व्यवसायलाई उत्सव र दिवसकै रुपमा प्रवर्द्धन गर्न लागिएको बताए ।

‘यो व्यवसाय संकटमा पर्दै गएको सन्दर्भमा सरकारले दिवसकै रुपमा मनाउने निर्णय गरेको छ । याकचौँरी कृषकलाई प्रोत्साहन गर्ने नीति लिनु खुसीको कुरा हो । लामो प्रयासपछिको प्रतिफल हो, यसलाई अझ प्रभावकारी बनाउने अभियानमा लाग्छौँ ।’

हिमाली क्षेत्रको गहना याकचौँरी जोगाउन प्रभावकारी नीति, कार्यक्रम र योजना ल्याउन सरकारले ढिला गर्न नहुने उनले बताए । याकचौँरी कृषिसँगै पर्यटन पवर्द्धन, जैविक विविधता र पर्यावरण संरक्षणका दृष्टिले पनि महत्वपुर्ण भएकोले यसमा सरकारको विशेष ध्यान पुग्नुपर्ने उनले बताए ।

महासंघको तथ्यांकअनुसार हाल सोलुखुम्बु, डोल्पा, हुम्ला, मुस्ताङ, मनाङ, दोलखा, ताप्लेजुङ, रसुवा, गोरखा, संखुवासभा, मुगु, सिन्धुपाल्चोक, रामेछाप, पाँचथर, भोजपुर, जुम्ला, म्याग्दी, दार्चुला, ओखलढुंगा, कास्की, बझाङ, खोटाङ, धादिङ, कालिकोट, बाजुरा, इलाम, लमजुङ, नुवाकोट र रुकुममा याकचौरी व्यवसाय हुने गरेको छ।

नेपालका २९ जिल्लामा ७० हजारको हाराहारीमा याकचौँरीको रहेको अनुमान छ ।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  ७ : ५२ बजे

शर्मिला वाइबालाई रड प्रहार, स्तुपा अस्पतालमा उपचार हुँदै

काठमाडौं – आफूलाई सामाजिक अभियान्ता बताउने शर्मिला वाइबामाथि रड प्रहार

देउवा निवास बूढानीलकण्ठबाट सशस्त्रको सेटै फेरियो

काठमाडौं- केही दिनयता सरकार फेरबदलको चर्चा चलिरहेको अवस्थामा सत्ता साझेदार

हल्चोक आकाश भैरवको १२ वर्षे जात्रा धुमधामसँग मनाइँदै (तस्बिरहरु)

काठमाडौं – हरेक १२ वर्षमा एकपटक आयोजना हुने हलचोक आकाश

चितवनमा साउनयता २९ जना कैदीले लिए सुविधा

चितवन – जिल्ला कारागार कार्यालय चितवनमा एक वर्षभन्दा कम कैद

उच्चस्तरीय संयन्त्रको बैठकपछि गृहमन्त्रीले भने : सत्ता गठबन्धनमा कुनै समस्या छैन

काठमाडौं – गृहमन्त्री रमेश लेखकले सत्ता गठबन्धनमा कुनै समस्या नभएको