नेपालमा पहिलोपटक मनाइँदै याकचौँरी दिवस « Khabarhub

नेपालमा पहिलोपटक मनाइँदै याकचौँरी दिवस


३१ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा वैशाख ७ गतेका दिन हरेक वर्ष याकचौँरी दिवसका रुपमा मनाइने भएको छ ।

२०३० वैशाख ७ गते सोलुखुम्बुको स्याङबोचेमा पहिलो पटक याक फर्म स्थापना गरेको दिनलाई आधार मानेर प्रत्येक वर्ष याकचौँरी दिवस मनाउने निर्णय सरकारले गरेको हो ।

जसअनुसार कृषि तथा पशुपंछी विकास मन्त्रालयको आयोजना र याकचौँरी व्यवसायी कृषक महासंघको सह–आयोजनामा आगामी वैशाख ७ गते काठमाडौंमा याकचौँरी दिवस मनाइँदैछ ।

पहिलो पटक मनाउन लागिएको याकचौँरी दिवसको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भएको याकचौँरी व्यवसायी कृषक महासंघका अध्यक्ष पाबिहाङ राईले जानकारी दिए ।आयोजकका अनुसार दिवसका अवसरमा र्या‍ली, कृषक सम्मान, चिज, छुर्पी, घिउसहित याकचौरीका उत्पादनको प्रदर्शनी लगायतका कार्यक्रम हुनेछन् ।

कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतका निकायसँगै वन मन्त्रालय, पर्यटन मन्त्रालय, इसिमोड, एफएओ, डब्लडब्लु एफ सहितका संघ संस्था र बिभिन्न जिल्लाबाट याकचौरी कृषकहरुले प्रतिनिधिमूलक सहभागिता जनाउनेछन् ।

महासंघका उपाध्यक्ष लालकुमार केसीले लामो समयको प्रयासपछि याकचाँैरी व्यवसायलाई उत्सव र दिवसकै रुपमा प्रवर्द्धन गर्न लागिएको बताए ।

‘यो व्यवसाय संकटमा पर्दै गएको सन्दर्भमा सरकारले दिवसकै रुपमा मनाउने निर्णय गरेको छ । याकचौँरी कृषकलाई प्रोत्साहन गर्ने नीति लिनु खुसीको कुरा हो । लामो प्रयासपछिको प्रतिफल हो, यसलाई अझ प्रभावकारी बनाउने अभियानमा लाग्छौँ ।’

हिमाली क्षेत्रको गहना याकचौँरी जोगाउन प्रभावकारी नीति, कार्यक्रम र योजना ल्याउन सरकारले ढिला गर्न नहुने उनले बताए । याकचौँरी कृषिसँगै पर्यटन पवर्द्धन, जैविक विविधता र पर्यावरण संरक्षणका दृष्टिले पनि महत्वपुर्ण भएकोले यसमा सरकारको विशेष ध्यान पुग्नुपर्ने उनले बताए ।

महासंघको तथ्यांकअनुसार हाल सोलुखुम्बु, डोल्पा, हुम्ला, मुस्ताङ, मनाङ, दोलखा, ताप्लेजुङ, रसुवा, गोरखा, संखुवासभा, मुगु, सिन्धुपाल्चोक, रामेछाप, पाँचथर, भोजपुर, जुम्ला, म्याग्दी, दार्चुला, ओखलढुंगा, कास्की, बझाङ, खोटाङ, धादिङ, कालिकोट, बाजुरा, इलाम, लमजुङ, नुवाकोट र रुकुममा याकचौरी व्यवसाय हुने गरेको छ।

नेपालका २९ जिल्लामा ७० हजारको हाराहारीमा याकचौँरीको रहेको अनुमान छ ।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  ७ : ५२ बजे

राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति दिइँदैन : मन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति नदिइने

प्रहरी निरीक्षक सिंहसहित २३ प्रहरी कर्मचारी पुरस्कृत

हुम्ला– नेपाल प्रहरीको ७१औँ स्थापना दिवसको अवसरमा प्रहरी निरीक्षक जंगबहादुर

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य रु एक हजार ७००

दसैँमा करिब १० लाख सर्वसाधारण गाउँघर फर्किँदै छन्

काठमाडौं– दसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट गाउँघर फर्किने सर्वसाधारणको भीडभाड बढिसकेको

यसरी मनाइयो नेपाल प्रहरीको ७१औँ स्थापना दिवस (तस्बिरहरू)

काठमाडौं– नेपाल प्रहरीले आज आफ्नो ७१औँ स्थापना दिवस मनाएको छ