विशेष अदालतको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा « Khabarhub

विशेष अदालतको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा


१ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विशेष अदालतबाट भएको फैसला चित्त नबुझेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग  पुनरावेदनका लागि आइतबार सर्वोच्च अदालतमा पुगेको छ ।

आयोगले चितवन राष्ट्रिय निकुञ्ज कार्यालय सौराहा सेक्टरका तत्कालीन सहायक संरक्षण अधिकृत अभिनय पाठक विरुद्धको मुद्दामा पुनरावेदन गरेको हो ।

आयोगले ३१ लाख ५९ हजार सात सय ३५ बराबरको बिगो दाबी गरेको थियो । सो मुद्दामा विशेषले गत असार १८ गते सफाइ दिएको थियो ।

त्यसैगरी आयोगले नापी कार्यालय रूपन्देहीका नापी अधिकृत ध्रुवराज मरासिनी, विन्देश्वर यादव र सर्वेक्षक ठाकुरप्रसाद गुरौ विरुद्धको मुद्दामा पनि पुनरावेदन गरेको छ ।

जग्गा नियम विपरित कित्ताकाट र गलत फाइल नक्सा तयार पारेकाले सो कार्य भ्रष्टाचारजन्य गतिविधि रहेको आयोगको ठहर छ । सो मुद्दामा विशेष अदालतले २०८० फागुन १७ गते फैसला गरेको थियो । 

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  ७ : ०० बजे

एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

काठमाडौं– फिफा निलम्बनका कारण नेपाली फुटबल क्षेत्र समस्याग्रस्त बनेको भन्दै

भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतको एक विशेष अदालतले सन् २०१३ मा कङ्ग्रेस पार्टीका

देशले प्राकृतिक विपद्बाट ठूलो क्षति व्यहोर्नुपर्यो : बिजुक्छे

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशले विभिन्न

बाढीपीडितका लागि हिमालय एयरलाइन्सका कर्मचारीको १३ लाख सहयोग

काठमाडौं– भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने तथा पुनःस्थापनामा

सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाबाट ‘संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा